भूटान र विद्रोही समूहको फेहरिस्त

संवाददाता
१ मंसिर २०७७, सोमबार २१:१५

देवान सिं मादेन,धरान

भूटान एक सानो मुलुक र यो दुनियाँमा चर्चामा नआएको देश हो । यस देशमा ड्यूक वाङचुक राजवंशले ७ डिसेम्वर १९०७ देखि लगातार शासन गरिरहेको छ । यहाका राजा जिग्मे सिग्मे वाङचुकले दक्षिण भूटानमा व्रिटिश सम्राज्य विरुद्ध लामो समयसम्म युद्ध गरेको इतिहास छ । १८ जुलाई २००८ मा शाही वंशले जारी गरेको नयाँ संविधान अनुसार राज्यको तीन अंगमध्ये व्यावस्थापिका संसद दुई किसिमको छ । माथिल्लो सदन राष्ट्रिय परिषद् र तल्लो सदन राष्ट्रियसभा रहेको छ जसमध्ये माथिल्लो सदन परिषद्मा २५ सदस्य रहेका छन् । जहाँ भूटानका सवै जिल्लाबाट १÷१ जना २० जना र राजाबाट ५ जना मनोनित हुन्छन् । तल्लो सदन राष्ट्रिय सभा संख्या भने ४७ सदस्य रहेको छ र आवश्यकता अनुसार राजा र संसद सल्लाह गरी अधिकतम् ५७ सदस्य वनाउन सकिनेछ । यहाँबाट वहुमत प्राप्त राजनीतिक दल नै राजाद्धारा प्रधानमन्त्री वनाइनेछ । मन्त्री मण्डल ८ देखि ११ सदस्य र प्रधानमन्त्री चाहे अनुसार वन्नेछ र न्यायपालिका पनि सर्वाेच्च, पुनरावेदन र जिल्ला अदालत गरी तहगत संरचनामा वाँडिएको छ । तर राजतन्त्र संविधान भन्दा माथि छर राजपरिषद् समिति पनि वनाइएको छ जसमा ४ सदस्य छन् । राजाबाट २, मन्त्री परिषद्बाट १ र राष्ट्रिय परिषद्बाट १ जना मनोनित गरिन्छ । यहाँ लगभग ५,००० संख्यामा प्रहरी र ८,००० सेना छन् र नाम चाहिं शाही भूटानी प्रहरी र शाही भूटानी सेना राखिएको छ । यहाँको राष्ट्रिय भाषा जाेंखा हो र सन् १९४९ को भारत—भूटान सन्धी अनुसार भारतले भूटानको आन्तरिक सुरक्षामा सहयोग गर्नेछ । त्यसैले सन् १८ जुन २०१७ मा भुटानको डोकलाम् भन्ने ठाउँमा चीन भारतको विवाद भएको थियो । तर २८ अगस्टमा दुवै देशवीच समन्वय भएको थियो । भूटानको उत्तरी चीन सिमाना पासाङलुङ र जकरलुङमा पनि भारत—चीनको विवाद छ । सो क्षेत्रहरु सामरिक महत्वका छन् । यो देशको पारो भन्ने ठाउँमा ६,०० भन्दा बढी संख्यामा भारतीय सेनाको वेसक्याम्प छ । विगतमा भारतले भूटानको सार्वभौम जोगाउन यो सन्धी गरेको वुझिन्छ यहाँको जनसंख्या भने नयाँ अपडेट अनुसार ७,६९,४७७ छ । यहा ४ दललाई मान्यता दिएको छ । ती हुन् भूटान युनिटेड पार्टी, पिपुल्स प्रोस्पोरिटी पार्टी, पिपुल्स डेमोक्रेटिक पार्टी र भूटान कन्न्याम पार्टी जो निरंकुश राजसंस्थालाई स्वीकार गरेको छ । छन् हाल सत्तामा वी. यू. पी. पार्टी र प्रतिपक्षीमा पी.डी. पी. पार्टी रहेको छ र जसमा सत्ताधारी पार्टीसंग ३२ र विपक्षी पार्टी संग १५ संख्या रहेको छ । हाल यहाँ ४० वर्षका राजा जिग्मे खेशर नाम्ग्याल वाङचुक सन् २००६ देखि राजा छन्र ७ नोभेम्वर २०१८ को चुनाव पछि बी.यु.पी. पार्टीका ल्होते छिरिङ प्रधामन्त्री छन् । यहाँ वज्रयाणा वौद्ध लम्वीहरु ७७.४% र हिन्दु २२.६ % छन्र यहा हिमाल पहाडको उपत्यका क्षेत्र वढी भएकोले प्राय जाडो हुने गर्छ खासै तराई क्षेत्र छैन । साक्षरता भने ७३% रहेकामा पुरुषको ४५% र महिलाको ५५% रहेको छ।र गरिवी दर ८.२ र भ्रष्टचारको नम्वर ६८ रहेको छ ।
पूर्व राजा जिग्मे सिग्मे वाङचुक वर्तमान राजा जिग्मे शेखर नाम्ग्याल वाङचुक र रानी साथै पधानमन्त्री ल्होते छिरिङ
क) कपाभू ( मालेमा ) र यसको विद्रोह ः( भूटानमा लामो समय सम्म निरंकुश राजतन्त्रले शासन गरेको र यस निरंकुशताबााट भित्र भित्रै उत्पीडित जाति, भाषी र नागरिकहरु असन्तुष्टि भएर वसेका थिए । हाल यहा २००८ नया संविधान जारी गरिएको छ । जसमा राजतन्त्रका थोरै शक्ति खोसिएको छ । तापनि वलवान छ । यस राजतन्त्रलाई जनताले मन पराए पनि नपराए पनि यहाँ वाध्य भए । वस्नु वाहेक अरु विकल्प छैन तर आज भूटानमा विद्रोही अतिवादी समूह देखा परेको छ । त्यो भूकपा (माओवादी) हो । जो कम्युनिष्ट पार्टी भूटान (मालेमा) भने । पहिले चिनिएको थियो र जसले नव प्रजातान्त्रिक क्रान्तिको नारा बोके र शसस्त्र समूह गठन गरेको थियो । यसका शसस्त्र संगठनको नाम थियो भूटान टाइगर फोर्सर यसका नेता हुन् नोम्दे ग्युरी उर्फ क. उमेशर जुन पार्टीलाई सरकारद्धारा प्रतिवन्धित गरिएको थियो ।
सन् १९९० मा भूटानमा नेपालीभाषीहरुले आफूमाथि भएको विभेद अत्याचार दमन विरुद्ध पूर्ण प्रजातन्त्रको माग सहित अधिकारको लागि आन्दोलन गरे । तर सरकार दमनमा उत्रिएर यो दमन यति क्रूर थियो कि रातारात आन्दोकारी नेपालीहरु आफ्ना सवथोक छोडेर भाग्नुपर्यो । उनीहरुको सारा सम्पति लुटियो । भेटिएको आन्दोलनकारी नेपालीहरुलाई हत्या, वलत्कार जस्ता जघन्य अपराध गरिए । त्यही शरणार्थी भएर वस्ने नेपालीहरु पनि राज्यले निर्मम विभेद गरेर यही घाउले पनि पछि कम्युनिष्ट पार्टी भूटान (माओवादी ) जस्तो उग्रवादी संगठनको अभ्युदय हुनुमा सहयोग पुग्योर जुन संगठन तत्कालिन नेपालमा चलेको माओवादी जनयुद्धको प्रभावले भएको इतिहास छ । यही संगठनले २२ अप्रिल २००३ मा भूटान कम्युनिष्ट पार्टी ( माओवादी) गठन गरे । राजतन्त्रविरुद्ध सशस्त्र जनयुद्ध मार्फत सघर्ष गर्ने उद्घोष गरेर यो पार्टीले १३ वँुदे माग निरंकुश ड्युक राजतन्त्रसंग माग गरेको छ । जसमा तमाम भूटानी शरणार्थी फिर्ती देखि पूर्ण प्रजातन्त्रको स्थापना आदि समेटिएको छ । यो पार्टीको उदय भएपछि निम्न घटना भएको छ । केही काण्डहरु ः— सन् २००७ मा भारतीय सिमाना फुन्सोलिङमा यसले बमहरु राखिएको र सेनाले डिप्यूज गरेकोर सन् २००८ मा नया संविधान जारी हुंदै गर्दा यस पार्टीले राजधानी थिम्पू लगायत देशभरि वमविष्फोट गराएको,मार्च २००८ मा शाही भूटानी पुलिसद्धारा संदिग्ध ४ छापामारहरु मारिएको र १७ जना पक्राउ गरेको
३० डिसेम्वर २००८ मा सिंग्ये डिजोङ क्षेत्रमा माओवादीद्धारा ४ जना वनपालेहरुलाई एम्वुस थापी मारेको र उनीहरुको हतियार लुटेको सन् २००८ मा सेनाद्धारा १२ जना माओवादी हतियारसहित पक्राउ गरिएको
२००९ मा एक पत्रकारलाई संदिग्ध छापामार भएको आशंकामा पक्राउ गरिएको २०१० मा भूटानमा आयाजित दक्षिण एसियाली सहयोग संगठन सार्कको वैठक माओवादीको धम्कीको कारण सुरक्षा व्यावस्था कडा पारिएको,
(यी घटनाहरु पछि सन् २०११, २०१२ र २०१४ मा विकल्प र विराट्ले नेतृत्व गरेको पार्टी संगको अन्तरवार्ता वाहेक सम्वन्धित समाचार जति खोज गरे पनि प्राप्त भएको छैन )
पछिल्ला समय भुकपा (माओवादी) पार्टी भित्र पनि अनेक गुट उपगुटहरु पैदा भएको छ । यसभित्र विकल्प, सूर्य र विराट जस्ता समूहहरुल नेतृत्व गरेका छन्र यीवीच पनि आपसमा लड्ने गरेको र कसैले राजतन्त्र विरोधी दल तथा जनतासंग एकता र सहकार्यको आह्वान गरेको समाचार आएको छ । जनयुद्धको नाम दिए पनि आज पार्टीले मालेमावादको मुख्य सिद्धान्तलाई पकड्न नसकेको विश्लेषण छ । साथै आफ्नो संगठन विस्तार तथा रणनीतिक मिशनहरु कमजोर भएको हुनाले यसको धरातलीय स्वारुप रक्षात्मक अवस्थामा पुगेको विश्लेषण छ । झन् नेपालमा माओवादी आन्दोलन विर्सजन भएपछि आस्थामा विचलन पैदा भएको अनुमान गरिन्छ । सन् २०१७ को एक पुस्तकमा उल्लेख भए अनुसार हाल पार्टीको नेतृत्व महासचिव विराट्ले सम्हालेका छन् भने उसले भारतीय नक्सालाइटसंग सहकार्य गरेको वुझिन्छ ।
ख) भूटान नागरिक पार्टी र शरणार्थी आन्दोलन ः( सन् १९५८ मा भूटान स्थित नोपालीहरुलाई त्यहाको राजाले नागरिकता प्रदान गरिएको थियो । समय वित्ने क्रममा सन् १९६० देखि १९७० सम्म भूटानको हरेक क्षेत्रमा नेपाली कर्मचारीहरुको वर्चस्व हुदै गयोर यसले गर्दा त्यहाको राजालाई महशुश भयो कि अव यस राष्टको भोट संस्कार र संस्कृतिमा नेपालीहरुको चुनौति भयो । उसले सन् १९८० ताका एक जनता एक धर्मको नारा संविधानमा ल्याए । जसले नेपालीभाषीहरुलाई विभेद गरेको थियोर सन् १९८५ मा झन् विभिन्न ४ विधेयक ल्याए । नेपालीहरुको नागरिकता खोस्न अनेक मापदण्ड ल्याए । जुन राजकीय चलनचल्ती अनुसारको हुनु पर्ने प्रावाधान थियो । जसमा कपाल काट्ने स्टाइल देखि लिए । पोशाक भाषा र धर्म पनि अनिवाय एउटै हुनुपर्ने भयोर कुनै नेपालीभाषी संग विहे गर्न परे अनेकन् भारी कर तिर्नु पर्ने र खान, वस्न, लाउन, हिडने र वोल्ने विषयमा पनि राज्यले निगरानी गर्ने साथै काम गर्न पनि सरकारी लाईसेन्स हुनुपर्ने भयो । त्यहा अव पढेर पाइएका कुनै शैक्षिक प्रमाण पत्रको काम नहुने भयोर सन् १९५८ को विधेयकलाई खारेज गरे । नया पाउन जमिन हुनु पर्ने, त्यसको पस्ते करको प्रमाण हुनु पर्ने,आफ्नो आवासको कानूनी वैध हुने कागज हुने आदि रहेको थियो । साथै यसको किनारा लाउनको लागि १९८८ मा एक जनगणना टोली नेपाली वसोवास गरेको दक्षिणी क्षेत्रमा गएर जसले नेपालीहरुलाई जर्वजस्ती निकाल्नलाई मनोपोली रिर्पाेट तयार गरे ।
नेपाली शरणार्थी आन्दोलनका नेता टेकनाथ रिजाल, भूटान पिपुल्स पार्टीका पूर्व अध्यक्ष ः आर.के. वुढाथोकी र वर्तमान अध्यक्ष ः वलराम पौडेल
अव नेपालीमूलका भूटानीहरु पनि चूप भएर वस्ने कुरा भएन । उनीहरुले सन् १९८५ मा यस विभेदित विधेयकको विरोध गरे र १९५८ मा प्रदान गरिएको अधिकारको पुनर्वहालीको माग गरे । त्यतिखेर दक्षिण भूटानबाट शाही दरवारको सल्लाहाकारमा टेकनाथ रिजाल थिएर टेकनाथ रिजालले राजालाई निरंकुश विधेयकमाथि विचार गर्न अनुरोध गरे तर राजाले उसलाई राजद्रोहको अभियोगमा जेल चलान गरे । पछि मानवअधिकारको सहयोगमा शसर्त मुक्त भएर नेपाल भागेर आए । सन् १९८९ मा उसले प्रवास वाटै पिपुल फोरम फर ह्यूमान राइटस इन भूटान नामक एक संगठन खोलेर यस निरंकुश राजतन्त्रको वर्खिलापमा अभियान चलाए । भूटान भरि रिजालका शुभेच्छुक र समर्थकहरुलाई धरपकड गरियोर १६ नोभेम्वर १९८९ मा नेपाल र भूटान प्रहरी मिलेर उसलाई पक्रियो र भूटान लगियो र सन् १९९९ सम्म १० वर्ष जेलजीवन भोगेर पुनःनेपाल आए ।
निरंकुश शाही अधिनायक विरुद्ध जागरुक युवाहरुले २ जुलाई १९९० मा दक्षिण भूटानको भारतीय सीमावर्ती क्षेत्र पश्चिम वंगालमा भूटान पिपुल्स पार्टी नामक संगठन खोलेर ७ अगस्ट १९९० मा भूटानको गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी राजद्रोहमा लागेका सवै देशवाहिर भाग्नु पर्ने नत्र परिवार, सम्पति सहित सर्वस्वहरण गर्ने उद्घोष गरे । तर पनि सेप्टेम्वर १९९० तिर बी.पी.पी.को अगुवाइमा दक्षिण भूटानमा प्रजातन्त्र र मानव अधिकारको नाममा हजारौ जनता उपस्थित भएर राजतन्त्रको विरोध गरे । त्यसपछि राजतन्त्रले आफ्नो दानवीय गतिविधिको शुरुवात गर्यो । जसमा नेता र मध्यस्तकर्तालाई छानी छानी मार्ने, सामूहिक वलत्कार गर्ने, नागरिकता खोस्ने, दक्षिण भूटानका स्कूल क्याम्पस र नेपालीभाषीको घर जलाउने, सम्पति र जग्गा जमिन हडप्नुका साथै नेपाली भाषी भूटानीको जागिर खोस्ने र उनीहरुको क्षेत्रमा कफ्रर्यु लगाउने काम गरेर निर्दाेष नेपालभाषी भूटानीलाई पनि देशद्रोह अभियोगमा कठोर यातना दिन थाले । यही पीडा सहन नसके । १९९१ को शुरुवात तिर नेपालभाषी भूटानीहरु ठूलो संख्यामा भारतको सिमावर्ती राज्य आसाम र वंगाल हुदै पूर्वी नेपालको झापा जिल्ला अन्गर्त माइधारमा शरणार्थी भए । भित्रिएर नेपाल सरकाारले पनि तत्कालै अस्थाई टहरोको लागि वास, खानेकुरा र लत्ताकपडाको व्यावस्था गरिएदिए तर पनि क्रमिक रुपले लाखांैको संख्यामा आएको हुनाले कति भोकले त कति कुपोषणको शिकार वने ।
त्यसपछि उनीहरुले नेपाल सरकार संग स्वदेश फिर्तीको लागि भूटानसंग मध्यस्तथा गर्न अनुरोध गरे भने नेपालबाटै अत्याचारी राजा जिग्मे सिग्मे वाङचुक विरुद्ध आन्दोलन पनि गरे यही दौरानमा पार्टीका अध्यक्ष आर.के. वुढाथोकी ९ सेप्टेम्वर २००१ मा दमक स्थित एक शरणार्थी शिविरमा वैठक चलिरहेको वेला आधा दर्जन युवाहरुले हत्या गरे । पक्राउ परेका ती संदिग्ध अपराधीहरु पार्टीकै विद्यार्थी भातृसंगठनको कार्यकर्ताहरु रहेको वताइएको छ । नेपाल सरकारले पनि भूटानी शरणार्थीको समस्या सम्वोधन गर्ने आश्वासन दिए । सन् १९९२—१९९३ सम्म क्रमिकरुपले झण्डै १३०००० को संख्यामा शरणार्थी भित्रिए । झापा र मोरङको विभिन्न ७ वटा शिविरमा उनीहरुलाई राख्ने काम गरियो ।
यसवीच नेपाल तथा भूटानबाीच यस शरणार्थी समस्या सामाधान गर्न कैयौ पटक वैठक वस्यो यसमा बी.पी.पी.का नेताहरु टेकनाथ रिजाल, आर.के. वुढाथोकी, वलराम पौडेल, जागिरमान लामा, हरि सुवेदी र देवेन्द्र ढुंगेल लगायत भारत र संयुक्त राष्टसंघको पहलकदमी रह्योर नेपाल भूटान दुवै देशको मध्यस्तामा ७ वटै शिविरमै निरीक्षण गरी शरणार्थीहरुको प्रकार छुट्याइयोर जसमा राजद्रोहमा संलग्न, वेकसुर, जर्वजस्ती निकालिएका र नेपाल भाषी नेपाली नभइ अन्य भएको गरी ४ किसिमका छुट्टयाइयोर यसरी शरणार्थीको प्रकार छुट्टयाइए पछि उनीहरुको उचित वसोवास गर्न दुवै देशले विविन्न सम्झौता गरे तर पनि हिजो आफ्नो सर्वस्व गुमाउने अत्याचारी राजाको छत्रछायामा वस्न शरणार्थीहरु मानेनन् र त्यसको विकल्पमा उनीहरु तेस्रो मुलकमा जाने इच्छा गरे र सन् २०१९ सम्ममा १०१००० जना अमेरिका,क्यानडा, इंगल्यााण्ड, जर्मनी, स्वीडेन र अष्टेलिया लगायत ठाउमा गइसकेको छन् भने वाकी १५,००० जाने तयारी र ७००० लाई पुनर्वासको तयारी भइरहेका अवस्था छ भने कोही विद्रोही भूकपा ( माओवादी )मा प्रवेश गरी घोषित जनयुद्धमा संलग्न भएको समाचार छ ।
आज बी.पी.पी पार्टीका अध्यक्ष वलराम पौडेल छन् भने टेकनाथ रिजाल पनि झापामै रहेको वुझिन्छ । हुन त उनी तेस्रो मुलुक जाने आउने गरेको समाचार छ । संसारको धेरै देशहरुमा जाने यी भूटानी शरणार्थीहरुको आत्महत्या संख्या वढिरहेको तथ्यांक छ भने आज नेपालमा २ वटा मात्र शिविर छन्र गरिवी अशिक्षा र विछोडको पीडाले मर्माहत भएका यिनीहरुको आन्तरिक र वाह्य कारणले आन्दोलन कमजोर भएको कुरा टेकनाथ रिजाल वताउछन् । एक शरणार्थी जिन्दगी कस्तो उजाड हुंदोरहेछ भन्ने कुरा शरणार्थी शिविर र उनीहरुको रामकहानीले वताउछर यसरी भूटान आज प्रतिव्याक्ति पूजीगत दरमा धनी भएको तथ्यांक भएपनि यो सव लुटको धन हो भन्ने गर्दछन् । आसू, रगत र नेपालभाषी भूटानीहरुको पसिनाले आर्जेका सम्पतिले भूटानले केही फड्को मार्ला तर भलो हुदैन टेकनाथ रिजालको कथन छर आज पनि भूटानमा नेपाली मूलका नागरिकहरु १५००० को संख्यामा छन् तर उनीहरुले पनि अझै विभेदको शिकार हुनुपरेको छ । भूटान एक देश भनिए पनि यसको आन्तरिक सुरक्षामा भारतको प्रत्यक्ष संग्लनता भएको कारण यो भारतपरस्त राज्य भन्ने गरेको पाइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*