रोनाल्डोले जोगाए रियललाई

संवाददाता
२७ फाल्गुन २०७४, आईतवार ०६:५९

म्याड्रिड । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले रियल म्याड्रिडले एबारलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।

१–१ को बराबरीमा रहेको खेलको अन्त्यतिर रोनाल्डोले गोल गर्दै रियललाई महत्वपूर्ण तीन अंक दिलाएका हुन् ।

खेलमा क्रिस्टियानो रोनाल्डोले रियललाई पहिलो हाफमा अग्रता दिलाए पनि दोस्रो हाफमा इभान रामिसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

बराबरीतर्फ अग्रसर खेलको ८४ औँ मिनेटमा गोल गर्दै रोनाल्डोले रियललाई थप अंक गुमाउनबाट जोगाए ।

पछिल्ला सात खेलमा रोनाल्डोले गोल गरेका छन् भने १० खेलमा उनले १७ गोल गरिसकेका छन् ।

जीतपछि रियल ५७ अंकसहित लिगको तेस्रो स्थानमा कायम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*