अस्थायी शिक्षकद्वारा शिक्षामन्त्री पोखरेलको राजीनामा माग

संवाददाता
३ चैत्र २०७५, आईतवार १७:५२

अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन्।

आइतबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सरकारविरूद्ध प्रदर्शन गरेका उनीहरूले आफूहरूको माग सुनुवाइ नगरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलको राजीनामा माग गर्दै चर्को नाराबाजी गरेका हुन्।

१५ वर्षभन्दा बढी सरकारी सेवामा बिताएका अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरूले आफूहरूलाई स्वतः स्थायी गर्न माग गर्दै करिब २ महिनायता काठमाडौं लगायत देशभर सरकारविरूद्ध धर्ना, विरोध प्रदर्शन गर्दै आएका छन्।

उनीहरूले आफूहरूको माग सम्बोधन नगरे सरकारविरूद्ध सामूहिक राजीनामा दिनेलगायतका आन्दोलनका कडा कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि दिँदै आएका छन्।

नेपालमा हाल करिब ४० हजार अस्थायी शिक्षक रहेका छन्। उनीहरूले स्वतः स्थायी गर्नुपर्ने माग गर्दै सरकारलाई दबाब दिइरहेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*