बंगलादेशलाई पराजित गर्दै नेपाल समूह विजेता

संवाददाता
३ चैत्र २०७५, आईतवार १८:०४

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । सहिद रंगशालामा शनिबार भएको खेलमा बंगलादेशलाई ३–० गोलले हराउँदै नेपाल समूह बिजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको हो ।

समूह ‘ए’ मा नेपालले दुई खेलबाट ६ अंक जोड्यो र समुह विजेता बन्यो । पराजित बंगलादेश उपविजेतामै सिमित बन्यो । दुवै टोली एक खेल अगावै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेका थिए । समूहचरणका दुवै खेलमा पराजित हुँदै भुटान प्रतियोगिताबाट बाहिरिसकेको छ ।

नेपालको जितमा सावित्रा भण्डारी र मञ्जली कुमारी योञ्जनले एक–एक गोल गरे । अर्को एक गोल नेपालले आत्मघाती रुपमा उपहार पाएको थियो । दोस्रो खेलमा सुधारिएको प्रर्दशन गर्दै नेपालले बंगलादेशविरुद्व सहज जित निकालेको हो ।

सुरुवातबाटै आक्रमक देखिएको नेपालले तीनवटै गोल पहिलो हाफमा गरेको थियो । नेपालले गरेको दुवै गोलमा फरवार्ड सावित्रा निर्णायक देखिईन् । नेपालले आत्मघाती गोलबाट अग्रता लिएको थियो । छैटौं मिनेटमा बंगलादेशकी रक्षक मासुरा पार्भिनको हेड प्रहारले पोस्टको दिशा लिएपछि नेपालले अग्रता बनाएको थियो ।

२३आंै मिनेटमा नेपालले अग्रता दोब्बर बनायो । मैदानको बाँया भागबाट एक्लै बल अघि बढाउँदै गोलकिपरलाई समेत विट गरेर सावित्रा गोल गर्न सफल भईन् । निरन्तर आक्रमण बुनेको नेपालले २८ औं मिनेटमा ३–० को अग्रता लियो । सावित्राको लामो पासमा मञ्जली कुमारी योञ्जनले गोल गर्दै नेपाललाई ३–० को स्थितिमा पु¥याएकी थिइन् । नेपालले दोस्रो हाफमा भने गोल थप्न सकेन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*