विमल घर्तीमगरको कप्तानीमा यू–२३ टोलीको घोषणा, अनन्त उपकप्तान

संवाददाता
३ चैत्र २०७५, आईतवार १८:०७

काठमाडौं । कतारमा आगामी मार्च २२ देखि २६ सम्म आयोजना हुने एएफसी यू–२३ च्याम्पियनसिपको छनोटका लागि विमल घर्तीमगरको कप्तानीमा शुक्रबार नेपाली टोलीको घोषणा गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको अन्तिम टोलीमा अनन्त तामाङ उपकप्तान रहेका छन् ।

राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका अन्जन बिष्ट, मिडफिल्डर सुनील बल, हेमन्त थापामगर, तेज तामाङसँगै रक्षक कमल श्रेष्ठ, सुमन अर्याल र दिनेश राजवंशी पनि अटाएका छन् ।

यस्तो छ नेपाली टोली ?

गोलरक्षक – अर्पण कार्की, दिप कार्की र रोमन रसाइली

रक्षक – अमित तामाङ, अनन्त तामाङ (उपकप्तान), असिम भुषाल, विकास खवास, दिनेश राजवंशी, कमल श्रेष्ठ, सुमन अर्याल र छिरिङ गुरुङ

मिडफिल्डर – अभिषेक रिजाल, एरिक विष्ट, विश्वास श्रेष्ठ, गौरव बुढाथोकी, हेमन्त थापामगर, सुनील बल, तेज तामाङ र नितिन थापा

स्ट्राईकर –विमल घर्तीमगर (कप्तान), अन्जन बिष्ट, धिरज श्रेष्ठ र प्रेजेन तामाङ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*