हेटौंडा बसपार्कबाट लागूऔषधसहित बोगटी पक्राउ

संवाददाता
३ चैत्र २०७५, आईतवार १८:१०

हेटौंडा– आज शनिवार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१० बसपार्कबाट लागूऔषधसहित एक जना पक्राउ गरेको छ ।

हेटौंडा बसपार्कस्थित सडकमा बीरगञ्जबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ५६७३ नं. को बसलाई रोकी चेकजाँच गर्ने क्रममा लमजुङ्ग राईनास नगरपालिका वडा नं. ३ बस्ने बर्ष १९ को शिशिर बोगटी पक्राउ परेका हुन् ।

बोगटीको साथबाट आफ्नै पेट र ढाडको भागमा कागजमा राखेर टेपले टाल्दै लुकाईछिपाई ल्याएको लागू औषध डाईजेल्याब–३६ एम्पुल, ब्यूनोर्फिन–३६ एम्पुल र फेनारगन–३६ एम्पुल फेलापारी बरामद गरेको मकवानपुर प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भटट्राईले जानकारी दिए ।

उल्लेखित समानहरुसहित बोगटीलाई पक्राउ गरी लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाही भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*