राक्सिराङको दुई घरबाट डेढसय किलो गाँजा बरामद

संवाददाता
३ चैत्र २०७५, आईतवार १८:११

हेटौंडा– ३ नं. प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयूक्त प्रहरी टोलीले १ सय ५२ किलो लागूऔषत गाँजा बरामद गरेको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. २ सुनारीसौडास्थित केही घरगोठहरुमा लागूऔषध गाँजा लुकाएर राखेको अवस्थामा उक्त गाँजा आइतबार प्रहरीले बरामद गरेको हो । मकवानपुर प्रहरीले सोही ठाउँ बस्ने माइला भन्ने मदन थोकरको घर खानतलासी गर्दा लागूऔषत गाँजा १ सय ११ किलो ग्राम गाँजा बरामद गरेको थियो ।

त्यस्तै प्रहरीले माइला स्याङबोको घर खानतलासी गर्दा लागूऔषत गाँजा ४१ किलोग्राम गरी जम्मा १ सय ५२ किलोग्राम लागुऔषध गाँजा फेलापारी बरामद गरिएको जनाएको छ । थोकर र स्याङबो फरार रहेको प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिए । फरार व्यक्तिहरुको खोजिकार्य तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*