मुख्यमन्त्री डोरमणि पौडेलको मोतिबिन्दुको शल्यक्रिया

संवाददाता
३ चैत्र २०७५, आईतवार १८:१२

हेटौंडा – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको आँखाको शल्यक्रिया गरिएको छ ।

आइतबार हेटौंडास्थित सामुदायिक आँखा अस्पतालमा डाक्टर सन्दुक रुइतले पौडेलको देब्रे आँखामा रहेको मोतिबिन्दुको शल्यक्रिया गरेका हुन् । ५ मिनेटमै उनको शल्यक्रिया सम्पन्न भएको थियो । बिहान ११ : १५ बजे शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

शल्यक्रियापछि आज (आइतबार) रेष्ट गरी भोलि सोमबार मात्रै आँखाको पट्टी खोलिने छ ।

चिकित्सकले दुई वर्षअघि नै आँखामा रहेको मोतिबिन्दुको शल्यकि्रयाका लागि सुझाब दिए पनि राजनीतिक व्यस्थतालगायत बिबिध कारणले शल्यक्रिया गर्न भ्याएका थिइनन् ।

मोतिबिन्दुका कारण केही समयदेखि मुख्यमन्त्री पौडेलले नियमित आँखाको परीक्षण गर्दै आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*