रातारात नदीको धार नै परिवर्तन गरेर सुनकोशी दोहन

व्यवसायीहरुले जथाभावी रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गर्न सिन्धुली जिल्लातर्फ
संवाददाता
७ चैत्र २०७५, बिहीबार ०८:११

व्यवसायीहरुले जथाभावी रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गर्न सिन्धुली जिल्लातर्फ हुँदै बग्ने सुनकोशीको धार नै परिवर्तन गरेका छन् ।

सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका र रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाको बीच सिमाना भएर बग्ने सुनकोशी नदीलाई सिन्धुलीका क्रसर व्यवसायीहरुले कोशीको धार नै परिवर्तन गरी रामेछापतर्फ फर्काएर दोहन गर्ने काम गरेका हुन् ।

सिन्धुलीका व्यवसायीहरुले मंगलबार रातभर डोजर लगाएर कोशीको धार परिवर्तन गरेर कोशीको नदीजन्य पदार्थको दोहन गर्ने काम गर्दै आएका छन् । कोशी किनारमा नियमविपरीत झण्डै एक दर्जनभन्दा बढी उद्योग सञ्चालनमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*