अब साहित्य लेख्न नपाइने

संवाददाता
२१ पुष २०७६, सोमबार ०७:५०

काठमाडौं पुस २० गते । यातायात व्यावस्था विभागले बिहीबारबाट गाडीको पछाडि लेखिने कविता, जोक्स अनि सायरी तुरुन्त मेट्न निर्देशन दिएको छ ।
यातायाता व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले सवारी साधनका पछाडि लेखिने यस्ता साहित्यले दुर्घट्नामा भूमिका खेलेकाले नियन्त्रणका लागि निर्देशन दिएको बताउँछन् ।

नेपालमा चल्ने अधिकांश सवारी साधनमा लामो समयदेखि यस्तो लेखिएको देखिएको छ । यस्ता सवारी साहित्य पढ्न गाडी चलाउँदै गरेको ड्राइभरलाई कमसेकम पनि ३० सेकेण्ड लाग्छ । अब ध्यान अर्को्तिर गर्‍यो भने दुर्घट्ना निम्त्याउँछ । त्यसैले सवारी साधनमा यस्तो लेख्न रोक लगाइएको हो’ उनले भने ’उत्श्रृङखलता पनि हुन्छ, महिलालाई होचाएर पनि लेखेको हुन्छ । पढ्नलाई पनि लामो समय लाग्ने भएपछि यसको सडक दुर्घट्नामा भुमिका देखिएको छ । त्यसैले त्यसलाई तत्काल बन्द गर्ने निर्णय गर्‍यौं ।

कस्ता कस्ता छन त सवारी साहित्य ?

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*