असन्तुष्ट कांग्रेस जिल्ला सभापति भेला : देउवा इतरका को-को ?(सूचीसहित)

संवाददाता
२१ पुष २०७६, सोमबार १९:३८

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवासँग असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला पक्षको भेला केहीबेरमा पार्टी केन्द्रीय सानेपामा हुँदैछ । सहमति प्रयास भइरहेका बेला देउवाले एकपक्षीय रूपमा निर्णय गरेको भन्दै असन्तुष्ट पक्षले त्यसलाई सच्याउनका लागि दबाबस्वरूप भेला तय गरेको जनाएको छ । ७७ जिल्ला सभापतिमध्ये देउवानिकट ३५ र इतरका ४२ जना(सूची तल) देखिएका छन्। यद्यपी जिल्ला सभापतिहरुको गुट अदलबदल भने भइरहन्छ।
भेला पार्टी मुख्यालय सानेपामा बिहान ११ बजे बोलाइएको छ। केन्द्रीय कार्यसमितिको पुस ११ को बैठकले महाधिवेशन कार्यतालिका सार्वजनिक, विभाग संख्या दोब्बर बनाउनेलगायत निर्णय बहुमतबाट गरेपछि पौडेल पक्ष चिढिएको छ। पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहले देउवालाई निर्णय सच्याउन दबाब दिँदै आएका छन्।
देउवाले अर्को वर्ष फागुन ७ देखि १० गतेसम्म १४औं महाधिवशेन गर्ने, विभाग संख्या २८ बाट ४७ बनाउने तथा नेपाल तरुण दलको समयावधि ६ महिना थप गर्ने निर्णय बहुमतका आधारमा लिएका थिए। क्रियाशील सदस्यता वितरणसम्बन्धी विधानको व्यवस्था निलम्बन गरी १४औं महाधिवेशन प्रभावित गर्न खोजेको आरोप असन्तुष्ट समूहले लगाएको छ। उनीहरूले क्रियाशील सदस्यतासम्बन्धी नयाँ व्यवस्थाप्रति आपत्ति जनाएका छन्।
सिटौलाले गत मंगलबार देउवालाई पार्टीभित्र एकताका लागि ज्ञापनपत्र बुझाएका थिए।पौडेल पक्षले देउवाविरुद्ध देशव्यापी रूपमा अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ। सुरुमा नेता-कार्यकर्तासँग संवाद गर्ने निर्णय गरेको असन्तुष्ट समूहले पहिलो चरणमा जिल्ला सभापति भेलाको आयोजना गरेको हो। स‌ंस्थापन इतरमा ४२ जना देखिए पनि असन्तुष्ट समुहले ५० जनासम्म जिल्ला सभापति भेलामा सहभागी हुने दाबी गरेको छ ।
पौडेल, सिटौला समूहका जिल्ला सभापतिहरुको सूची
१. लिलादेवी बोखिम-सभापति, ने.का., ताप्लेजुङ्ग
२. नरेन्द्र कुमार केरुङ्ग -सभापति, ने.का., पाँचथर
३. हिमालय कर्माचार्य -सभापति, ने.का., इलाम
४. उद्धव थापा -सभापति, ने.का., झापा
५. दिपन कुमार श्रेष्ठ -सभापति, ने.का., संखुवासभा
६. गोविन्द ढुङ्गाना-सभापति, ने.का., तेह्रथुम
७. नन्दमणी राई-सभापति, ने.का.,भोजपुर
८. अग्नि प्रसाद पौडेल-सभापति, ने.का.,धनकुटा
९. राजिव कोइराला-सभापति, ने.का., सुनसरी
१०.बालकृष्ण घिमिरे- सभापति नेका – पूर्वी नवलपरासी
११. बिनोद कुमार बस्नेत-सभापति, ने.का., सोलुखुम्बु
१२. नरेश कुमार श्रेष्ठ -सभापति, ने.का., खोटाङ्ग
१३. उज्जल प्रसाद बराल -सभापति, ने.का., सिन्धुली
१४. विकास लामा -सभापति, ने.का., सिन्धुपाल्चोक
१५ मधु आचार्य -सभापति, ने.का., काभ्रेपलान्चोक
१६. कृष्ण (सवुज) बानिया -सभापति, ने.का., काठमाडौं.
१७. जगदिश्वर नरसिंह के.सी., -सभापति, ने.का., नुवाकोट
१८. रमेश धमला -सभापति, ने.का., धदिङ्ग
१९. जित नारायण श्रेष्ठ -सभापति, ने.का., चितवन
२०. भेष बहादुर पौडेल -सभापति, ने.का., लम्जुङ्ग
२१. याङ्गजिङ्ग विष्ट -सभापति, ने.का., मुस्ताङ्ग
२२. खम्बहादुर गर्बुजा (खम्बिर) -सभापति, ने.का. म्याग्दी
२३.भुवन प्रसाद श्रेष्ठ -सभापति, ने.का., गुल्मी
२४. वीर बहादुर राण -सभापति, ने.का., पाल्पा
२५. बिष्णु प्रसाद खनाल मुस्कान -सभापति, ने.का., अर्घाखाँची
२६.सुरेन्द्र राज आचार्य -सभापति, ने.का., कपिलवस्तु
२७. अमर सिंह पुन -सभापति, ने.का., रोल्पा
२८ अमर प्रसाद भण्डारी -सभापति, ने.का., प्यूठान
२९. गणेश चन्द -सभापति, ने.का., सल्यान
३०. किरण कोइराला -सभापति, ने.का., बाँके
३१. सञ्जय गौतम -सभापति, ने.का., बर्दिया
३२. केशरमान रोका -सभापति, ने.का., रुकुम पुर्व
३३. दिपक बहादुर शाही -सभापति, ने.का., जुम्ला
३४. हर्ष बहादुर बम -सभापति, ने.का.कालिकोट
३५.दिपक जंग शाह -सभापति, ने.का., जाजरकोट
३६. प्रेम प्रकाश वली -सभापति, ने.का., रुकुम पश्चिम
३७.कृष्ण कुमार वि.सि -सभापति, ने.का., दैलेख
३८. कमलराज रेग्मी -सभापति, ने.का., सुर्खेत
३९.ललित सिंह बोहोरा -सभापति, ने.का., दार्चुला
४०. कर्ण बहादुर मल्ल -सभापति, ने.का., डडेल्धुरा
४१. नरेन्द्र थापा, सभापति नेका, बैतडी
४२. खड्ग बहादुर शाही, सभापति नेका मुगु

With support of agencies.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*