अग्नि सापकोटालाई सभामुख बनाउने नेकपा निर्णय

संवाददाता
५ माघ २०७६, आईतवार १८:३९

नेपाल कम्युनिष्ट पार्टीले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे देखि बसेको सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए।

बैठकले उपसभामुखबाट शिवमाया तुङ्गबाहाम्फेलाई राजिनामा दिन आग्रह गर्ने निर्णय पनि गरेको छ। सापकोटालाई सभामुख बनाउन नेकपा अध्यक्ष पुष्पकमल दाहालको जोड थियो।

आइतबार बिहान बालुवाटार मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अध्यक्ष दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो।

असोज १२ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको र प्रतिकार गर्दा शारिरीक हिंसा गरेको आरोप पछि पूर्व सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए। त्यसयता संसदको नेतृत्व उपसभामुख तुङ्गबाहाम्फेले गर्दै आएकी थिइन्। उनले पनि आफू सभामुख हुन पाउनुपर्ने दाबी गर्दै आएकी थिइन्। दाहालले सुरूदेखि नै पार्टी एकीकरण हुँदा भएको भागबण्डा अनुसार सभामुख पूर्व माओवादीले पाउनुपर्ने भन्दै आएका थिए।

सिन्धुपाल्चोकबाट सापकोटा तीनपटक सम्म सांसद पदमा निर्वाचित भइसकेका छन्। २०६७ सालमा झलनाथ खनाल प्रधानमन्त्री हुँदा उनी सञ्चारमन्त्री थिए भने २०७२ सालमा ओलीको सरकारका वनमन्त्री थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*