प्रदेश १ मा थपियो चार राज्यमन्त्री

संवाददाता
५ माघ २०७६, आईतवार १८:४७

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गरेका छन्। उनले आइतबार चार राज्यमन्त्री नियुक्त गरेका छन्।

रामबहादुर मगर, अम्बिरबाबु गुरूङ, जसमाया गजमेर र विजयकुमार विश्वासले राज्यमन्त्रीको सपथ लिएका छन्।

मगर भूमि व्यवस्था, कृषि तथा सहकारी, गुरूङ भौतिक पूर्वाधार विकास, गजमेर सामाजिक विकास र विश्वास उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेका हुन्।

प्रदेश १ का निमित्त सचिव गोपीप्रसाद घिमिरेले अपराह्न एक विज्ञप्ति जारी गरी मुख्यमन्त्री राईले संविधानको धारा १६८ को उपधार (९) बमोजिम मन्त्री नियुक्त गरेको जनाएका छन्।

प्रदेश सरकारमा कृषि र भौतिक पूर्वाधार मन्त्री नियुक्त भएका छैनन्। यी दुबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री राईले नै सम्हालिरहेका छन्।

भौतिक पूर्वएमाले र कृषि पूर्वमाओवादीलाई दिने भागबण्डा थियो। पूर्वमाओवादीले मन्त्री चयन गर्न नसकेपछि कृषि खाली थियो। पूर्वएमालेमा आकांक्षी बढी भएपछि मुख्यमन्त्री राईले नै सो मन्त्रालय राखेका थिए।

पार्टी एकीकरण भएपछि पनि पूर्वमाओवादीले प्रदेश-१ सरकारमा ‘स्थान नपाएको’ गुनासो गर्दै आएका छन्। आइतबार नियुक्ति भएका मन्त्रीमा पनि विश्वासमात्र पूर्वमाओवादी हुन्।

अब प्रदेश १ को मन्त्रिपरिषद् ९ सदस्यीय मन्त्रिपरिषद भएको छ। मन्त्रिपरिषदमा पूर्वमाओवादीबाट आज नियुक्त भएका विश्वाससमेत दुई जना छन्। यसअघि आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो पूर्वमाओवादीबाट मन्त्री भएका थिए। सेतोपाटीबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*