सभामुखमा सापकोटा निर्विरोध

संवाददाता
७ माघ २०७६, मंगलवार १८:२७

काठमाडौं, माघ ७ गते । प्रतिनिधिसभाको सभामुखका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट मात्रै उम्मेदवारी परेको छ । आगमी मात्र १२ गते हुने सभामुख चुनावका लागि नेकपाबाट सांसद अग्निप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।

पूर्वसभामुख एवम् नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङको प्रस्ताव र प्रमुख सचेत देव गुरुङ्, पूर्वसभामुख ओनसरी घर्ती र राजपाका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले उम्मदवारी दर्ता गराएका हुन् । योसँगै सापकोटा सभामुख बन्ने पक्का भएको छ ।
उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा अन्य कुनै पनि पार्टीबाट उम्मेदवारी नपरेको संघीय संसद सचिवालयले जनाएको छ । उम्मेदवारी दर्ताका लागि मंगलबार विहान ११ बजेदेखि २ बजेसम्मको समय निर्धारण गरिएको थियो ।
पूर्वसभामुख कृष्णबहादुर महराले संसद सचिवालयका कर्मचारी माथि यौन दुर्व्यवहारको आरोप लागेपछि गत असोजमा राजीनामा दिएका थिए । त्यसयता प्रतिनिधिसभा सभामुखविहीन थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*