चैत मसान्तभित्र सदस्यता नवीकरण गर्न नेकपाको निर्देशन

संवाददाता
८ माघ २०७६, बुधबार १०:१०

काठमाडौँ, ७ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चैत मसान्तभित्र सदस्याता नवीकरण गरिसक्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

संगठन विभागले प्रस्तुत गरेको कार्ययोजना पारित गर्दै पार्टी केन्द्रले सदस्यता नवीकरण, अद्यावधिक गर्न चैत मसान्तको समयसीमा तोकेको हो ।

२०७५ जेठ २ सम्म कायम रहेका पार्टी सदस्यहरूलाई संगठित सदस्य मानी २०७६ चैतमसान्तभित्र संगठित सदस्यता नवीकरण गर्न निर्देश गरिएको छ । नेकपामा झन्डै आठ लाख सदस्य रहेको दाबी गरिएको  छ ।

केन्द्रीय संगठन विभागले २०७५ जेठ २ सम्म कायम रहेका संगठित सदस्यको विवरण २०७६ माघ मसान्तभित्र सम्बन्धित प्रदेश कमिटी, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटीमार्फत सम्बन्धित जिल्ला, विशेष जिल्ला र प्रदेश सम्पर्क कमिटीलाई उपलब्ध गराउने नेकपाले जनाएको छ ।

संगठित सदस्यता नवीकरण, अद्यावधिक गर्ने प्रयोजनका लागि मातहतका जिल्ला, उपत्यका विशेष र प्रवास समन्वय कमिटीलाई पाँच सदस्यीय कार्यदल गठन गर्न पनि निर्देश गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*