अधिकारी र राई कारागार चलान

संवाददाता
८ माघ २०७६, बुधबार ११:०२

ताप्लेजुङ, माघ ७ गते । जिल्ला अदालत ताप्लेजुङले दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरेका छन । कारागार चलान हुनेमा आठराई त्रिवेणी गाउँपालिका ३ का रमेश अधिकारी र सिदिङ्वा ७ सुरुम्खिमका जितमान राई रहेका छन् । जिल्ला अदालत ताप्लेजुङका न्यायाधिश प्रकाश राउतको इजलाशले मंगलबार थुनछेक आदेश गरेको हो ।
अदालतका निमित्त श्रेष्तेदार रमेश सुवेदीका अनुसार अधिकारीलाई ताप्लेजुङकी आठराई त्रिवेणी गाउँपालिका–२ चोकपुरकी मन्दिरा अधिकारीको कर्तव्य ज्यान र जबरजस्ती करणीको अभियोग लागेको छ । १९ वर्षिया मन्दिरा गत मंसिर १७ गते घरबाटै वेपत्ता भएकी थिइन् । उनको शव ३३ दिनपछि तमोर नदीको किनारमा फेला परेको थियो । पौष ९ गते पक्राउ परेका रमेशले मन्दिराको हत्या गरेर नदीमा फालेको स्विकारी सकेका छन् ।
जबरजस्ती करणीको अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका ४१ वर्षिय राईलाई फुङलिङ नगरपालिकाकी एक महिलालाई एक वर्ष अघि करणी गरेको अभियोग छ । श्रीमान विदेश भएकी ती महिलाले बच्चा जन्माएपछि बलात्कार खुलेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*