स्थानीय तहमा अचाक्ली कर : निम्तो बाँडिन्, बिहे हुन पाएन

राष्ट्रियसभामा को को आए नयाँ अनुहार
संवाददाता
१० माघ २०७६, शुक्रबार ०८:२३

इलाम, माघ १० गते ।

आजको अधिकांश दैनिक पत्रपत्रिकाहरुमा बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचन, स्थानीय तहको कर, मन्त्रिपरिषदले गरेका निर्णयलगायत विषयलाई पत्रपत्रिकाहरूले समेटेका छन् भने भ्रष्टाचारबारे ट्रान्सपरेन्सीले दिएको प्रतिवेदनलाई आजका अखबारहरूले प्राथमिकतापूर्वक छापेका छन् ।

गोरखापत्र दैनिकले राष्ट्रका हरेका निकाय चुस्त भए आर्थिक समृद्धि आउँछ भन्ने शिर्षकमा मूख्य समाचार प्रकाशन गरेको छ भने राष्ट्रियसभामा नयाँ अनुहार भनेर अर्को समाचार पहिलो पृष्ठमा समाचार प्रकाशित गरेको छ । त्यस्तै कान्ति बाल अस्पताल ः महिनौँ कुरेपछि मात्र पालो भन्ने शिर्षकमा उपचार समस्याका विषयमा समाचार प्रकाशित गरेको छ । समाचारमा भनिएको छ , पत्थरीको समस्याले आठ वर्षीय छोरा ऐया र आत्थु गर्न थालेपछि दाङका शिशिर गौतम रातारात कान्ति बाल अस्पताल आइपुग्नुभयो ।

 

स्थानीय नेताले आफूसँग परिचित सो अस्पतालका एक चिकित्सकलाई दाङबाटै फोन गरी ‘राम्ररी उपचार गरिदिन’ भनेका थिए । तिनै नेताकै सिफारिसमा शिशिर सीधै कान्ति बाल अस्पतालका ती चिकित्सकको सम्पर्कमा पुग्नुभयो । ती चिकित्सकले सो अस्पतालमा शल्यक्रिया गर्न महिनौँ पर्खिनुपर्ने हुनसक्छ भन्दै नजिकको एक अस्पतालमा गए सोही दिन शल्यक्रियाको प्रवन्ध गरिदिने बताए ।

त्यस्तै स्थानीय तहमा अचाक्ली कर’ शीर्षक दिएर कान्तिपुरले स्थानीय तहको करबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार स्थानीय तहले कमाइभन्दा पनि कर बढी लिन थालेका छन् ।


विभिन्न स्थानीय तहले लिँदै आइरहेको करको दृष्टान्त प्रस्तुत गर्दै कान्तिपुरले लेखेको छ– स्थानीय सरकार सञ्चालनका लागि भन्दै नगर र गाउँपालिकाहरूले करको दर र दायरा दुवै बढाएपछि स्थानीय बासिन्दा चर्को मारमा परेको गुनासो गर्न थालेका छन् । बढी कर उठाउनकै लागि मूल्यांकन बढाइदिएपछि परम्परागत खेतीकिसानीका भरमा जीविका चलाउँदै आएका सर्वसाधारण जग्गाको कर तिर्न अब ऋण लिनुपर्ने वा बेच्नुपर्ने अवस्था आइलागेको बताइरहेका छन् । कतिपय स्थानीय तहले त वस्तुभाउको चरीचरन र उपचारमा समेत कर असुल्न थालेका छन् ।
त्यस्तै कान्तिपुरमै माघ १३ गते हुने आफ्नै बिहेको कार्ड बाँड्न हिँडेकी युवतीको टिपरको ठक्करबाट घटनास्थलमै मृत्यु भएकोबारे कान्तिपुरले मर्मस्पर्शी रूपमा समाचार बनाएको छ । बिहेको कार्ड बाँड्दै हिँडेकी कञ्चनपुर महेन्द्रनगरकी रमिना भट्टको टिपरको ठक्करबाट मृत्यु भएको हो ।
नागरिक दैनिकले कोरोना भाइरसको उच्च जोखिम ः सरकारको छैन पूर्वतयारी भन्ने शिर्याक दिएर समाचार प्रकाशित गरेको छ मा परेको छ । समाचारमा भनिएको छ, छिमेकी मुलुक चीनमा फैलिएको कोरोना भाइरस पर्यटकमार्फत नेपाल पनि भित्रिन सक्ने उच्च सम्भावना रहेको तर सरकारले रोकथामका लागि पूर्वतयारी नगरेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । भने राष्ट्रियसभामा नयाँ अनुहार निर्वाचित भएका सदस्यहरुको विषयमा पनि समाचार प्रकाशित गरेको छ ।

राष्ट्रियसभा निर्वाचन परिणामबारे अन्नपूर्णले विश्लेषण गरेको छ । अन्नपूर्णका अनुसार राष्ट्रियसभामा अब विपक्षी नाम मात्रको भएका छन् ।

बिहीबार १८ सिटका लागि भएको निर्वाचनमा कांग्रेसले एक सिट पनि जित्न सकेन । १६ मा नेकपा र २ मा राजपाले जित निकालेका छन्, भने कारोबारमा सेनामा सुधारसँगै नेपालको भ्रष्टाचार सूचकांकमा सुधार भएको खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*