मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङ पनि पक्राउ

संवाददाता
१० माघ २०७६, शुक्रबार १८:४७

पोखरा,  १० माघ । सांसद दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए ।
जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन पोखराको गैह्रापाटनबाट पक्राउ परेका हुन् । मिलनमाथि कुटपिटको आरोपमा प्रहरीले मनाङ्गेलाई बिहीबार पक्राउ गरेको थियो ।
उनी ओम गौरा जोस्टेलका सञ्चालक हरिभक्त अचार्यको उजुरीमा पक्राउ परेका हुन् । सांसद मनाङ्गेले पनि उनलाई ठगी गरेको आरोप लगाएका थिए ।
उनीविरुद्ध ठगी तथा चेक बाउन्सको उजुरी परेकोले उच्च जिल्ला अदालत पोखराबाट अनुमति लिई जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जी दिएको प्रवक्ता केसीले बताए । आइतबार उनीविरुद्ध म्याद थप हुने प्रहरीले जनायो ।
होटलमा मिलनमार्फत् साफ यू–१८ च्याम्पियनसीप लगायत प्रतियोगितामा खेलाडी बसेको चार्ज बाँकी थियो ।
यता, पक्राउ परेका सांसद मनाङे र मिलनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*