गाउँपालिकाका अध्यक्ष ८ लाख घूस रकमसहित रंगेहात पक्राउ

संवाददाता
१० माघ २०७६, शुक्रबार १९:००

जाजरकोट, माघ १० गते ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुर्खेतले जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीलाई ८ लाख घूस रकमसहित रंगेहात पक्राउ गरेको छ ।
स्रोतका अनुसार अख्तियारको टोलीले उनलाई शुक्रबार सुर्खेतबाट पक्राउ गरिएको हो ।
प्रदेश विकास परिषद्को बैठकमा भाग लिन सुर्खेत आएका अध्यक्ष केसीलाई एक उपभोक्ता समितिको कामबाट ८ लाख घूस लिएको सूचनाका आधारमा पक्राउ गरेको हो । घटनाको थप विवरण आउन बाँकी छ ।उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*