इलाममा यातायात कार्यालय स्थापना भएपछि सहज

संवाददाता
१० माघ २०७६, शुक्रबार २०:०८

इलाम माघ १० गते । इलामबाट नै सबै काम हुन थालेपछि सेवाग्राहीले राहतको अनुभूति गर्न थालेका छन् ।

प्रदेश सरकार अन्र्तगत यातायात व्यवस्था सेवा कार्यालय इलाममा स्थापना भएपछि पूर्वी पहाडी क्षेत्रका सेवाग्राहीले सहजै सेवा पाउन थालेका छन् ।

आफ्नै भवन निर्माण सम्पन्न गरी गत असोज १ गतेबाट सेवा सुरु गरेको यातायात व्यवस्था सेवा कार्यालय इलामले सेवाप्रवाह समेत प्रभावकारी बनाइरहेको छ ।

कार्यालयबाट अहिले वार्षिक सवारी कर, सवारी साधन जाँचपास, सवारी धनी प्रमाणपत्र (ब्लु बुक) नवीकरण, बाटो इजाजतपत्र नवीकरण, सवारी साधन दर्ता र नामसारी गर्ने काम भइरहेको छ ।

केही समयपछि चालक अनुमतिपत्र (लाइसेन्स) वितरणको कामसमेत सुरु गरिने कार्यालयले जानकारी दिएको छ ।

सेवा कार्यालयमार्फत सवारी चालक अनुमतिपत्र वितरण र नविकरणको कामसमेत सुरु भएपछि इलाम, पाँचथर र ताप्लेजुङका सेवाग्राहीलाई सहजता हुनेछ । ईमेज खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*