जेठाजुले गरे बुहारीको हत्य

संवाददाता
२४ माघ २०७६, शुक्रबार १९:४३

२०७६ माघ २४

ताप्लेजुङमा शुक्रबार साँझ जेठाजुले आफ्नै भाइबुहारीको हत्या गरेका छन् । पाथीभरा याङवारका गाउँपालिका ३ थेचम्बुका ४३ वर्षीय कर्णकुमार लिम्बुले भाइबुहारी ३५ वर्षीया सुकमाया लिम्बुमाथि खुकुरी प्रहार गरि हत्या गरेको प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फुयालेले बताए ।

लिम्बुले पुरानो अंश सम्बन्धि विवाद झिकेर भाई नभएको मौका छोपेर सुकमायाको घाँटीमा खुकुरी प्रहार गरेको गाउँपालिकाका अध्यक्ष केशर मन्याङबोले बताए ।
कर्णलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुकमायाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*