स्थायी कमिटि बैठक टार्ने प्रयत्नमा ओली

बैठक छल्दै गए राजीनामा मागिन्छ : खनाल 
संवाददाता
१४ बैशाख २०७७, आईतवार १२:५०

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा स्थायी कमिटी बैठकलाई लिएर अहिले रस्साकसी चलिरहेको छ । दुई अध्यादेश ल्याएपछि नेकपामा आएको तरङगसँगै स्थायी कमिटीका २० जना सदस्यले लिखित रूपमा बैठक माग गरेपछि सचिवालयका ६ नेताले पनि त्यसमा समर्थन जनाएका छन् । हेर्नुहोस क कसले गरे  नेकपाका २० जना स्थायी कमिटी सदस्यले बैठकको माग

तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले अझै पनि स्थायी कमिटी बैठक बोलाउनेबारे ठोस जवाफ दिएका छैनन् । शुक्रबार बालुवाटारमा दुई अध्यक्षबीचको भेटमा पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी भित्र विधि र पद्धती अनुसार स्वाच्छ छलफल गर्न स्थायी कमिटी बैठकको माग दोर्होयाए । तर प्रधानमन्त्री ओलीले त्यसमा प्रष्ट जवाफ दिएनन् उहाँ स्थायी कमिटिको बैठक फेस गर्ने मनस्थितिमा अहिलेसम्म देखिएको छैन प्रचण्ड निकट स्रोतको भनाई छ ।
’बैठक बोलाउने उहाँको मनसाय देखिएन । धेरै सदस्यहरू काठमाडौं बाहिर छन, अहिले बैठक नराखौं भन्नुभयो,’ एक स्थायी कमिटी सदस्यले भने ।
बैठक आलटल गरे पनि प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन् । उनले शनिबार मात्रै आफ्नै निवासमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेलसँग छुट्टाछुट्टै भेट गरेका छन् ।
नेकपाको पार्टी विधान २०७५ को धारा ५९ (क) ४ मा भएको बैठक सम्बन्धी व्यवस्थामा कम्तिमा २५ प्रतिशत सदस्यले लिखित माग गरेमा १५ दिन भित्र अनिवार्य बैठक बस्नु पर्ने व्यवस्था गरिएको छ । (तस्विरमा हेर्नुहोस नेकपाको विधानमा भएको व्यवस्था)


पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सबैको मनोभावना बुझेर अध्यादेश फिर्ता भएकोले अहिलेको परिस्थितिमा यसैका बारेमा अतिरिक्त छmलफल गर्न स्थायी कमिटि बैठक बस्न आवश्यक नरहेको बताइरहेको एक नेताले बताए ।
ओली इत्तरका नेताहरुले स्थायी कमिटिको बैठक बोलाउनु पर्नेमा सबैको एकमत छ बैठक राखौं त्यहीँ साथीहरूले आफ्ना कुरा राख्नुहुन्छ भन्नुभएको छ ।’ तर प्रधानमन्त्रीले बैठक राख्न आनाकानी गरिरहनु भएको छ । प्रधानमन्त्रीसँग बैठक बोलाउनुको विकल्प नरहेको वरिष्ठ नेता माधव नेपाल निकट एक नेताले भने ।
बैठक छल्दै गए राजीनामा मागिन्छ :खनाल 

अध्यादेश जारी हुनेबित्तिकै नेकपाका २० जना स्थायी कमिटी सदस्यले बैठकको माग गर्दै ओली–प्रचण्डलाई पत्र बुझाएका थिए । पत्र बुझाउनेमा प्रचण्ड, नेपाल पक्षका नेताहरू छन् । स्थायी कमिटी सदस्यहरूले अहिले नै प्रधानमन्त्रीको राजीनामा मागिसकेका छैनन् । बैठक र छलफल विहीनताको अन्त्यको माग मात्रै गरेका छन् । तर, प्रधानमन्त्रीले बैठक छल्दै, टार्दै परिस्थिति त्यहाँ पनि पुग्न सक्ने एक नेता बताउँछन् ।
“पार्टी्भित्र अहिले नै हामीले ओलीको विकल्प सोचिसकेका छैनौं । पार्टी, सरकार विधि, पद्धतिसङ्गत ढङ्ले सञ्चालन गर्नुपर्छ । निर्णयपूर्व छलफल गर्ने छलफल पनि ठूलो दायरामा गर्नुपर्छ भन्ने नै हाम्रो माग हो,” उनको भनाइ छ । “बैठक नै नबोलाउने, छलफल नै नगर्ने, नेतृत्व आफैंमा केन्द्रितकृत गर्ने, बैठक बसे पनि निर्णय कार्यान्वयनमा उदासिनता प्रकट गर्ने हो भने कमिटीसँग प्रधानमन्त्रीको विकल्प सोच्नेबाहेक अन्यथा के विकल्प हुनसक्छ ?,” अर्का स्थायी कमिटी सदस्य प्रश्न गर्छन् ।
परिस्थिति अहिले नै बिग्रिइनसकेकाले प्रधानमन्त्रीले त्रुटि सच्याउने दिशातिर जानुपर्ने उनको भनाइ छ । “सत्ता सम्हालेदेखि त्रुटिको शृङ्खला नै तयार भएको छ । अझ थपिँदै जाने हो भने त्यसले पार्टी, आन्दोलनलाई अपूरणीय क्षति र्पुयाउँछ । कमिटी यसमा सचेत हुनै र्पयो नि ! पर्खने अवस्था छैन,” स्थायी कमिटी सदस्य भन्छन् ।
यसपटक स्थायी कमिटीको बैठक बोलाउन आलटाल गरे ओलीले अप्रिय निर्णयको सामना गर्नुपर्ने परिस्थिति पैदा हुने ती सदस्यको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*