वीरगञ्जमा थप दुई जनामा कोरोना पुष्टि

संक्रमितको संख्या ५१ पुग्यो
संवाददाता
१४ बैशाख २०७७, आईतवार १३:३८

वीरगञ्ज, वैशाख १४ गते । वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका ३ र १६ का दुई जना ५० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ ।

कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षणका क्रममा छपकैयाका महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारीमा संक्रमित पाइएको हो ।

अर्को संक्रमित सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएका पुरुष हुन् । उनलाई सम्भावित संक्रमितका रुपमा क्वारेन्टाइनमा राखिएको थियो ।

संक्रमणको पुष्टि भएपछि दुबैलाई नारायणी अस्पताल भर्ना गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*