प्रचण्डलाई भेटेलगत्तै माधव नेपाललाई भेटिन् चिनियाँ राजदूत यान्छीले

संवाददाता
१९ बैशाख २०७७, शुक्रबार १८:३१

काठमाडौं,वैशाख १९

नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेलगत्तै वरिष्ठ नेता माधव कुमार नेपाललाई पनि भेट गरेकी छन्।

शुक्रबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवास खुमलटारमा भेट गरेलगत्तै यान्छीले नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका वरिष्ठ नेता माधव नेपाललाई पनि उनकै निवासमा भेट गरेकी हुन्।

भेटमा दुई देशबीचको घनिष्ट सम्बन्धका विविध पक्षका बारेमा कुराकानी भएको नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जाल ट्विटरबाट जानकारी दिएका छन्।

यसअघि प्रचण्डसँग यान्छीले झण्डै १ घण्टा भेट गरेकी थिइन्। भेटमा कोरोना रोकथामका बारेमा छलफल भएको प्रचण्ड निकट स्रोतले जनाएको छ।

यद्यपी विदेश विभागका उपप्रमुख रिजालले भने दुई देशबीचको घनिष्ट सम्बन्धका विविध पक्षका बारेमा कुराकानी भएको बताएका छन्। तर कुराकानीको विषयवस्तुका बारेमा उनले केही खुलाएका छैनन्।

केही दिनअघि राजदूत यान्छीले नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेकी थिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*