उदयपुरका थप ८ जना एकैदिन कोरोनामुक्त

संवाददाता
२६ बैशाख २०७७, शुक्रबार ११:२२

बिराटनगर, बैशाख २६ गते । उदयपुरको भुल्केका ८ जना कोरोना संक्रमित निको भएका छन् ।

विराटनगरको कोसी अस्पतालमा उपचाररत उनीहरू निको भएपछि आज शुक्रबार डिस्चार्ज गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले जानकारी दिनु भयो ।

निको भएका ८ जनामध्ये एक जना भारतीय पनि छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या ३० पुगेको छ । जसमा तीन जना व्यक्तिमा पुनः संक्रमण देखिएको छ ।

यसअघि पनि कोसी अस्तपालमै उपचाररत ६ जना संक्रमित निको भएका थिए ।

संक्रमित व्यक्ति निको हुनलाई २४ घण्टाभित्र दुइटा नतिजा नेगेटिभ आउनुपर्छ । उदयपुरमा मात्र २८ जना संक्रमित देखिएका थिए । जसमा १५ जना निको भएका छन् । थप १३ जना अस्पतालमै छन् ।

उनीहरूसँगै झापाका दुई जना र भोजपुरका एक जना संक्रमित पनि कोसी अस्पतालमै उपचारत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*