संक्रमण देखिएपछि जेठ ५ गतेसम्म कपिलवस्तु सिल

संवाददाता
२९ बैशाख २०७७, सोमबार १८:००

काठमाडौँ — जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि कपिलवस्तु प्रशासनले आजै (सोमबार) साँझ ५ बजेदेखि कपिलवस्तु जिल्लालाई पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जरुरी सूचना प्रकाशित गर्दै जेठ ५ गतेसम्म जिल्लालाई सिल गर्ने निर्णय गरिएको बताएको हो ।
सरकारले जारी गरेको लकडाउन पनि जेठ ५ गते समाप्त हुँदैछ । कपिलवस्तुमा सोमबारमात्रै १० जनामा संक्रमण पुष्टि भएको छ ।
प्रशासनको निर्णयअनुसार अत्यावश्यकबाहेक सेवाका सवारीसाधन जिल्लामा चल्न पाउने छैनन् । मानिसको आवतजावत, उद्योगधन्दा, निर्माणको काम तथा व्यापार व्यवसायमा पनि रोक लगाइएको छ । खाद्यान्न र तरकारी किन्नका लागि बिहान ७ देखि ९ बजेसम्मको समय दिइएको छ । sourcr kantipur news

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*