थप १३ जनामा काेराेना संक्रमण पुष्टी

संवाददाता
२९ बैशाख २०७७, सोमबार २०:३५

काठमाडौं, बैशाख २९ गते । कपिलवस्तु, रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना देखिएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र बुद्धभूमि नगरपालिका ७ मा थप १३ जनामा कोरोना भाइरस देखिएको छ । १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरुमा कोरोना देखिएको छ ।

त्यसैगरी रुपन्देही समरीमाई गाउँपालिका७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका ६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी बर्दिया राजपुर–५ निवासी ११ वर्षीय महिलामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । याे सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या एक सय ३४ पुगेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*