ओलाङचुङगोलाका बासिन्दालाई चीनले पठायो राहत

संवाददाता
३० बैशाख २०७७, मंगलवार १४:२१

ताप्लेजुङ, वैशाख २९ गते । चीनको स्वशासित क्षेत्र तिब्बतको डिङजे काउन्टीले टिप्ताला भन्ज्याङ नाकाका सीमावर्ती बासिन्दालाई खाद्य र स्वास्थ्य सामग्री सहयोग गरेको छ । चिनियाँ टोलीले सोमबार सीमा क्षेत्र टिप्ताला भन्ञ्याङमा आएर पीपीई, थर्मल गन, मास्क तथा चामल, पिठो लगायत खाद्य सामग्री उपलब्ध गराएको हो ।
फक्ताङलुङ गाउँपालिका ७ का सीमावर्ती क्षेत्र ओलाङचुङगोला र याङमाका बासिन्दालाई प्रत्येकलाई प्रतिबोराका दरले चामल र मैदाको पिठो प्राप्त भएको वडा अध्यक्ष छेतेन वालुङले बताउनु भयो । नुन, चिनी र दूध पाउडर भने प्रति घरधुरीका दरले प्राप्त भएको वालुङले बताउनु भयो ।
चीनले खाद्य सामाग्री तर्फ २५ किलो दरका २ सय ५० बोरा चामल र त्यत्तिकै परिमाणमा पिठो उपलब्ध गराएको छ । प्रहरी चौकी, स्वास्थ्य चौकी र आधारभूत विद्यालयसमेतका लागि ६५ बोरा नुन–चीनी (१,६२५ किलो) र ६५ कार्टुन दूध पाउडर र खाने तेल २५ कर्टुन र स्वास्थ्य सामाग्री तर्फ भने पिपिइ १० थान, थर्मल गन ५ थान, N-95 मास्क दुई सय थान, मेडिकल मास्क दुई हजार थान र सेनिटाइजर १० थान उपलब्ध गराएको अध्यक्ष वालुङले बताउनु भयो ।
उपलब्ध सबै सामाग्री हामीले जिम्मा लिएर सीमानामा भण्डारण गरी राखेका छौं लाभग्राही ओलाङचुङगोला र याङमाका बासिन्दाले आफैंले बोकेर ल्याउनुपर्छ ।’ त्यहाँबाट गाउँसम्म आउने सडक निर्माण भएको भएपनि अहिले हिउँले अवरुद्ध भएकाले प्रत्येक घरधुरी आफैंले गएर ल्याउने कि के गर्ने भन्ने छलफल भइरहेको उहाँले बताउनु भयो । स्वास्थ्य सामग्री भने गाउँपालिकाको कार्यालयमा ल्याइने वालुङले जानकारी जानकारी गराउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*