थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि

संक्रमित संख्या २५८ पुग्‍यो
संवाददाता
२ जेष्ठ २०७७, शुक्रबार ०९:११

काठमाडौं, जेठ २ गते ।
नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार ९ जना पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरूमा ८ जना बाँकेका र एक जना मकवानपुरका ३७ वर्षिय पुरुष रहेका छन् ।
बाँकेका ८ संक्रमितहरू त्यहाँको नैनापुर वडा नम्बर १, ३ र ५ का वासिन्दा हुन ्। संक्रमितहरूको उमेर १८ देखि ३६ वर्षसम्म रहेको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।
मन्त्रालयले हाल उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगन्जमा गरिएको परीक्षणले उनीहरूमा कोरोना भएको पुष्टि गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*