नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु

कोरोण संक्रमितको संख्या दुई सय ९२
संवाददाता
४ जेष्ठ २०७७, आईतवार १९:०६

काठमाडौं, जेठ ४ गते । नेपालमा कोरोनाभाइरस संक्रमणका कारणबाट दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बाँकेमा आइतबार मृत्यु भएका २५ वर्षीय युवकमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यसअघि बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको बताउनु भयो ।
‘उहाँको रिपोर्ट पोजेटिभ आयो, योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ,’ मन्त्री बरालले भन्नु भयो ।
मन्त्री बरालले कोरोना संक्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा मृतकको शव व्यवस्थापन गर्न निर्देशन दिएको जानकारी दिनु भयो । उक्त कार्य्िवधिमा नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मी सहित मिलेर शवको अन्त्येष्टि गर्ने मन्त्री बरालले बताउनु भयो ।
आइतबार बिहान मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए । उनी वैशाख ३० गते नेपाल आएका थिए ।
भारतबाट आएका उनलाई सिधै क्वारेन्टिनमा लगिएको थियो ।
नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक नागरेन्द्र साहका अनुसार उनी बसेको क्वारेन्टिनमा अरू ३८ जना पनि छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोण संक्रमितको संख्या दुई सय ९२ रहेको छ भने ३६ जन निको भएर घर फर्केका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*