नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुग्यो

मंगलबार थपिए २७ जना
संवाददाता
६ जेष्ठ २०७७, मंगलवार १७:५३

काठमाडौँ — कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार थप २७ मा पुष्टि भएको जनाएको हो । उनीहरुको उमेर १७ देखि ४२ वर्ष रहेको छ । मंगलबार फेला परेका संक्रमितमध्ये २४ पुरुष र ३ महिला रहेका छन् ।
मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा झापाका ९, सुनसरीका १, मोरङको १, सर्लाही २, काठमाडौं ३, भक्तपुरको १, मकवानपुरको १, रामेछापको १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तु ४ र नवलपरासीका १ गरी २७ जनामा संक्रमण देखिएको बताए ।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३७ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट ७४ हजार ६ सय ४९ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ३२ हजार ६ सय ४ परीक्षणहरु छ ।

हालसम्म आइसोलेसनमा देशभरी ४५७ जना रहेका छन् । उपत्यकामा १७ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ४४० जना रहेका छन् । क्‌वारेन्टाइनमा २१ हजार ६ सय २३ जना छन् । मंगलबारसम्म मुलुकका ३८ जिल्लामा संक्रमण फैलिइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*