संविधान संशोधन प्रस्ताव दर्ता

संवाददाता
९ जेष्ठ २०७७, शुक्रबार १७:५१

काठमाडौं जेठ ९ गते । संघीय संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेको हो।

नेपालको निशान छापमा मन्त्रिपरिषदले स्वीकृत गरेको पछिल्लो नक्साअनुरुप कायम गर्नका लागि संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको हो।

हालकाे उक्त निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन। सरकारले भारतले अतिक्रमण गरेको उक्त क्षेत्र समेटर बुधबार नयाँ नक्सा जारी गरेको थियाे।

संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयमा त्यही नक्साको औपचारिक प्रयोग हुन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*