५०७ पुग्यो कोरोना संक्रमितको संख्या

५०७ मध्ये ७० जना निको भएर घर फर्के
संवाददाता
९ जेष्ठ २०७७, शुक्रबार १८:०९

काठमाडौं जेठ ९ गते । नेपालमा थप २० जना कोरोना भाइरसको संक्रमित थपिएका छन्।
शुक्रबार स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा डडेल्धुरा, मोरङ, बैतडीका एक-एक जना पुरूष, कैलालीका तीन जना र बाँकेका १४ जना पुरूषमा संक्रमण देखिएको प्रवक्ता विकास देवकोटाले जानकारी दिएका हुन्।
कैलाली जानकी गाउँपालिकाका १९,२३ र २६ वर्षीय पुरूष,डडेल्धुरा पर्शुराम-१० का २८ वर्षीय पुरूष, बैतडीका शिवनाथ-१ का २२ वर्षीय पुरूष र बाँकेका १८ देखि ६१ वर्षका पुरूषमा संक्रमण देखिएको हो। मोरङ रतुवामाई- २ का ४१ वर्षीय पुरूषमा संक्रमण देखिएको हो।
संक्रमितहरूको हालको ठेगाना र स्थायी ठेगानाको आधारमा कन्ट्याक्ट ट्रेसिङको काम हुने मन्त्रालयले जनाएको छ।
आज बिहानै ३० जना संक्रमित थपिएका थिए।
हालसम्म संक्रमित संख्या ५ सय ७ पुगेको छ। त्यसमध्ये ७० जना निको भएर घर फर्किसकेका छन् भने तीन जनाको मृत्यु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*