प्रदेश १ : मुख्यमन्त्री र सभामुखसहित १ सय ८५ जनाको स्वाब संकलन

संवाददाता
११ जेष्ठ २०७७, आईतवार ०७:४२

मोरङ , जेठ ११ गते । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदीपकुमार भण्डारीसहित १ सय ८५ जनाको स्वाब संकलन गरिएको छ ।

जेठ १४ गतेदेखि सुरु हुने प्रदेशसभाको छैटौं तथा बजेट अधिवेशनअघि नै कोरोना भाइरसको सङ्क्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको हो । प्रदेश १ संसद सचिवालयमा मुख्यमन्त्री राई, सभामुख प्रदीपकुमार भण्डारीसहित मन्त्रीहरु, प्रदेशसभाका सांसद, सचिवालयका कर्मचारी, मर्यादापालक तथा सुरक्षाकर्मी, प्रदेशसभामा रिपोर्टिङ गर्ने सञ्चारकर्मी, सवारी चालक लगायतको स्वाब संकलन गरिएको हो ।

शुक्रबार ४५ जना मन्त्री तथा सांसदको स्वाब संकलन गरिएको संसद सचिवालयले जनाएको छ । बाँकी प्रदेश सांसदहरुको आज स्वाब संकलन गरिने छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका स्वास्थ्यकर्मीहरुले संकलन गरेको स्वाबको परीक्षण रिपोर्ट आइतबारसम्ममा प्राप्त हुने जनाइएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*