थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी

संक्रमितको संख्या ६०३ पुगेको छ
संवाददाता
११ जेष्ठ २०७७, आईतवार १६:४६

काठमाडौं, जेठ ११ गते ।
नेपालमा आइतबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बिहीबार १९ जना संंक्रमित थपिएका हुन् ।

आज मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन् । यीमध्ये नुवाकोटमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो । योसँगै कोरोना संक्रमण देशका ४२ मा देखिएको छ ।

उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।
त्यसै गरी प्रदेश नं १ मा ८४, प्रदेश नं २ मा १७९, बाग्मती प्रदेशमा ३४, गण्डकी प्रदेशमा ५, प्रदेश नं ५ मा सबैभन्दा धेरै २८१, कर्णाली प्रदेशमा ४ र प्रदेश नं ७ मा १४ जना संक्रमित रहेका छन् ।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ६०३ पुगेको छ। तीमध्ये ८७ जना निको भएका छन् भने तीन जनाको मृत्यु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*