भर्खरै थपिए ७२ कोरोना संक्रमित

संक्रमितको संख्या ६७५ पुगेको छ
संवाददाता
१२ जेष्ठ २०७७, सोमबार १२:२६

काठमाडौं, जेठ १२ गते । नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दैका काठमाडौंको टोखा र बुढानिलकण्ठमा ३ सहित ७२ जना कोरोना संक्रमित थपिएका हुन्। काठमाडौंको टोखा नगरपालिका- ३ र ६ मा दुई जना र बुढानिलकण्ठ-३ मा एक जनालाई कोरोना संक्रमण देखिएको हो।
सोमबार धनुषामा ३, कपिलवस्तुमा ३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४, बारामा २३ र दैलेखमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ।

सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञाप्ती

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*