ताप्लेजुङमा २१ स्वाब संकलन ७ कोरोना पुष्टि

संवाददाता
३० कार्तिक २०७७, आईतवार १८:१०

ताप्लेजुङ, ३० कात्तिक
ताप्लेजुङमा आईतबार ७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
जिल्ला अस्पताल ताप्लेजुङले २१ जनाको स्वाब संकलन गरी परीक्षणको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा पठाएकोमा आईतबार ७ जनाको रिर्पाेट पोजेटिभ आएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङका सदस्य एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले जानकारी दिनुभयो । उहाँका अनुसार ह्युमन प्राटिक्स फाउडेशन (एचपीएफ)मा कार्यरत एक महिला सहित ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित एचपीएफमा कार्यरत जम्मा ५ जनालाई कोरोना पोजेटिभ देखिएको छ । यस्तै फुङलिङ नगरपालिका ७ का १ पुरुष, पाथीभरा याङवरक गाउँपालिका थेचम्बूका १ पुरुष र सिरीजंघा गाउँपालिकाका १ पुरुष रहेका छन् ।उहाँका अनुसार शस्कास्पद व्यक्ति र स्वाब दिएकाहरुले होमआइसोलेसनमा बसेर नियम पालना नगरैकै कारणले कोरोनाको संमक्रमण समुदाय स्तरसम्म पुग्ने सम्भावना तिव्र रहेको छ । संक्रमित व्यक्तिको नजिकको सम्पर्कमा आएकाहरुलाई आ–आफ्नै स्थानमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनदै सुरक्षित भएर बस्न साथै कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा गई आवश्यक चेक–जाँच गराउन समेत प्रजिअ चापागाईले आह्वान गर्नुभएको छ । आईतबार ७ जना थपिएसँगै ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या १२ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*