ताप्लेजुङका दुई विद्यालयमा पर्यटन तथा पर्वतारोण शिक्षा

संवाददाता
३० कार्तिक २०७७, आईतवार १९:२६

ताप्लेजुङ ,

ताप्लेजुङको फुङलिङ नगरपालिका–४ स्थित भानुजन माध्यमिक विद्यालयमा र मैवाखोला गाउँपालिकाको नारायणी माविमा पर्यटन तथा पर्वतारोण कक्षा संञ्चालन हुने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हिमाल आरोहणमा बढी चासो राख्ने क्षेत्रमा रहेको विश्व पर्यटनको केन्द्रमध्ये नेपाल पनि एक भएकाले यहाँको पर्यटन प्रवर्धनसँगै विकास गर्न पर्यटन शिक्षाको आवश्यकता भएको बताउँदै हिमाल आरोहण गर्न वर्षेनी हजारौँ पर्यटक विदेशबाट आउने र स्वदेशी पनि हिमाल चढ्ने हुँदा त्यसमा सघाउन आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन शिक्षाको शुरु गरिएको बताउनुभयो ।
पर्यटन तथा पर्वतारोहण शिक्षाका लागि नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान ९नाथम० का कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली र भान्ुजन माविमा प्रधानाध्यापक किशोर राईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा प्रतिष्ठानले कक्षा ११ र १२ को पर्यटन र पर्वतारोहणसँग सम्बन्धित विषय अध्ययन अध्यापन गराउन प्रशिक्षक उपलब्ध गराउने, पर्यटन र पर्वतारोहण विषयका पाठयक्रम र अध्ययन सामाग्री उपलब्ध गराउने आवश्यकता अनुसार अन्य प्राविधिक र शैक्षिक सहयोग गर्ने र विद्यालयले पर्यटन तथा पर्वतारोहण विषय अध्यायन गराउने, अध्यापन गराउने उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*