कमरेड, आफ्नै आङ्गको भैंसी छोडेर अरुको जुम्रा नखोजौं ः प्रचण्ड

संवाददाता
२ मंसिर २०७७, मंगलवार १३:१५

२ मंसिर । काठमाण्डौं

प्रिय कमरेड, एकातिर तपाईँ कार्यकारी अध्यक्ष दिइसकेपछि गरेर देखाउनु पर्‍यो भन्नुहुन्छ, अर्कोतिर १ नम्बर पनि मै हो, कार्यकारी पनि मै हो भनेर एकता प्रक्रियादेखि अन्य कुनै पनि काम आफ्नो सहमति बिना हुन नसक्ने कुराको अड्डी लिनुहुन्छ।

यसलाई हलो हड्काउने र गोरु चुट्ने काम बाहेक अरू के बुझ्ने कमरेड रुराजदूत नियुक्तिका सन्दर्भमा हाम्रोबीचमा छलफल अवश्य भएको हो तर सबै कुरा मिलेको पनि होइन। त्यो भन्दा पनि मुख्य कुरा राजदूत नियुक्ति गर्नु अघि स्थायी समितिको मर्म र भावना अनुसार एक पटक सचिवालयमा परामर्श, छलफल गरेर मात्र निर्णय गर्नुपर्दछ भन्ने मेरो भनाईमा कमरेडले ‘हुन्छ’ भनेर सहमति पनि जनाउनुभयो।

तर, म बालुवाटारबाट निस्किए पछि त्यसै दिनको क्याबिनेटबाट मलाई पनि थाहा नदिईकन राजदूत नियुक्ति गर्नुभयो। अहिले पत्रमा सबै कुरालाई सल्लाहले गरेको हुँ भन्नु दिउँसै रात पार्ने जाली कुरा भएन र कमरेड रु

एउटा कार्यकारी अध्यक्षले वरिष्ठ नेताहरू एवम् सचिवालयका सदस्यहरूसँग गरेको भेटघाट र सरसल्लाहलाई तपाईँ गुटबन्दी ठान्नुहुन्छ। तपाईँले प्रतिष्ठानका नामबाट हुने गुटबन्दीजन्य क्रियाकलाप तत्काल रोक्ने र सचिवालयमा सल्लाह गरेर तिनका बारेमा उपयुक्त निर्णय लिने भन्ने स्थायी समितिको निर्देशन विपरीत तपाई समेतको निर्देशनमा कहीँ जिल्ला स्तरीय, कहीँ प्रदेशस्तरीय भेला गरी प्रतिष्ठानका स्थानीय क्रियाकलाप अझ बढाउने र जबजका पक्षमा व्यापक अभियान चलाउन दिएको निर्देशन के हो नि कमरेड रु अनि बालुवाटारमा विभिन्न प्रदेश र जिल्लाबाट बोलाएर राति राति गरिने भेला बैठकहरू गुटबन्दी होइनन् र रु अर्काको आङ्गको जुम्रा देख्ने र आफ्नो आङ्गको भैसी पनि नदेख्ने भनेको यही होइन र

कमरेडले पत्रमा बर्दिबास र पर्सा घटनाको उल्लेख यसरी गर्नुभएको छ कि त्यहाँ मैले नै मारामारी गराउन चाहेको हो। यो भन्दा ठूलो झुट के हुन सक्छ। कमरेड मुकेश चौरसियाको हत्याको विषयमा जाहेरी दर्ता गर्ने सन्दर्भमा देखिएको जात्रा सबैलाई थाहा छ। यो दोषीले झन् चर्को स्वरमा आफ्नो दोष लुकाउन खोजेको अर्थ लाग्दैन र

कोरोना संकटबारे प्रश्न गर्न केन्द्रीय प्रवक्ता कमरेडले दुई दुई पटक पत्र लेखेर सचिवालयको बैठक माग गरेको तथ्यलाई के भन्नुहुन्छ कमरेड रु मैले तत्काल बोलाउन अप्ठ्यारो छ भने पनि महासचिवका तर्फबाट पत्रको जवाफ त दिऊँ भन्दा पनि बेवास्ता गर्ने कोभिड(१९का विरुद्ध जुझ्न सबै राष्ट्रिय शक्तिलाई एकताबद्ध गरी केन्द्रदेखि स्थानीय स्तरसम्म सरकारकै नेतृत्वमा साझा संरचना निर्माण गरौँ भनेर मैले विषय राख्दा व्यङ्ग्य कस्ने र खिल्ली उडाउने तपाईँ अनि हामीलाई दोषी भनेर आरोपित गर्न मिल्छ रु

पार्टी एकताको वैचारिक, राजनैतिक, संगठनात्मक र भावनात्मक आधारमाथि प्रहार गर्ने तपाईँ अनि यसो नगरौं भनेर आग्रह गर्ने म सधैँको कचकचे हुने रु यो तपाईँको दृष्टि दोषको समस्या हो भनेर किन नभन्ने रु

तपाईँले नेतृत्व परिवर्तन र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने आदर्शका कुरा पत्रमा लेख्नु भएको छ, तर व्यवहारमा भने यदि कसैले आफूलाई पदबाट हटाउन खोजेमा त्यो सचिवालय, स्थायी समिति वा केन्द्रीय समितिको बहुमतले भने पनि आफूले नमान्ने कुरा खुल्ला रूपमा गरिरहनुभएको छ। विघटन भइसकेको पार्टीको महाधिवेशनले छानेका अध्यक्ष हुनाले मलाई कसैले हटाउन सक्दैन भन्ने अनौठो तर्क गर्नुहुन्छ। पार्टी अध्यक्ष वा प्रधानमन्त्रीबाट हटाउन खोजे कुर्सी नै भाँचिदिने चर्चा पनि आइरहन्छ, यो के हो कमरेड रु यो फेरि अर्को अध्यादेश ल्याएर पार्टी फुटाउने कुरा हो कि रु संकटकाल लगाएर जान्छु भन्ने हो कि रु, सदन विघटन गर्ने कुरा हो कि रु मैले बुझ्न सकेको छैन।

कमरेड यो पार्टी एकता गर्ने र यसको रक्षा गर्ने काममा मेरो वैचारिक र भावनात्मक निष्ठा र त्याग तपाईँको भन्दा बढी नै रहेको तथ्य आम पार्टी पंक्ति र जनसमुदायलाई थाहा छ। ‘वाम’ गठबन्धन र पार्टी एकताको प्रस्ताव लिएर म तपाईँ कहाँ गएको ९रघुवीर महाशेठको घरमा० तथ्य कमरेडलाई पक्कै सम्झना होला। पार्टी एकताको निमित्त निर्वाचन पछि प्राप्त भएको प्रधानमन्त्रीको पद त्यागेर आलोपालोको सहमति पनि पुरै तपाईँलाई नै सुम्पने म कचकचे रु यो कस्तो व्याख्या हो।

पार्टी एकताको रक्षा हुनुपर्दछ भन्ने कुरामा म आज पनि उत्तिकै दृढ छु। मैले खुला र स्पष्ट वैचारिक, राजनैतिक छलफलको तपाईँको प्रस्तावलाई स्वागत गर्नुको अर्थ पार्टी एकतालाई सुदृढ गर्ने नयाँ आधारको खोजी गर्नु नै हो। आवेगमा आएर पार्टी एकता, संविधान र परिवर्तनको प्रक्रियालाई अवरुद्ध गर्ने कुनै काम तपाईंबाट हुनेछैन भन्ने आशा र विश्वास व्यक्त गर्दछु। नयाँ आधारमा नयाँ एकता कायम गर्दै देश, जनता, पार्टी र आन्दोलनलाई नयाँ उचाइ तिर लैजानु छ।

एकता(संघर्ष(रुपान्तरण र नयाँ आधारमा नयाँ एकताका लागि कमरेडले थोरै मात्र आत्मसमिक्षा, आत्मालोचना र त्यागको स्पिरिट देखाउनु भयो भने त्यो ठूलो कुरा हुनेछ। मेरो विचारमा यो सबैका निमित्त थोरै त्याग गर्ने पालो तपाईँको छ । यत्ति भएमा तपाईँले पत्रको अन्तिममा भने झैँ म सजिलै फर्किने छु।

– सत्तारुढ दल ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पाठाएको जवाफ पत्रको अंश०

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*