ट्याक्टरको डालोले थिच्दा सहचालकको मत्यु,

एक बालक घाईते
संवाददाता
३ मंसिर २०७७, बुधबार १९:२१

ताप्लेजुङ,३ मंसिर ।

मिक्वाखोला गाउँपालिका १ सल्लेरी कच्चि सडकमा बुधवार अनियन्त्रीत भएर सडकबाट ५ मिटर तल ट्याक्टर खस्ता ट्याक्टरको डालिले थिच्दा सहचालक मत्यु भए संगै भने बालक गभिर घाईते भएको छ ।

मृत्यु हुनेमा खोक्लिङकै २२ वर्षीय दलबहादुर गुरुङ छन् । ट्याक्टरका सहचालक गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए ।

सोही वडाका वडाध्यक्ष अमृत लिम्बुका अनुसार मिक्वाखोला–२ निवासी ६ वर्षीय कृजम थापा घाइते छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

अलैंची बोकेर मिक्वाखोला–२ ओझागाउँबाट वडा नं १ को डाँडागाउँतर्फ आउँदै गरेको लु ४ त ६५४८ नं को ट्याक्टर सल्लेरीडाँडामा सडकबाट करिब २० मिटर खसेर दुर्घटना भएको हो । मृतक गुरुङको शव ट्याक्टरको डालोले च्यापिएको अवस्थामा छ ।

फोटो ः फाईलबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*