प्रधानमन्त्री ओली ताप्लेजुङको घुन्सामा आउने

संवाददाता
४ मंसिर २०७७, बिहीबार १५:१६

ताप्लेजुङ,४ मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओली मंसिर ७ गते आइतवार ताप्लेजुङको घुन्सामा आउने भएका छन् ।
यसअघि मंसिर ५ गते आउने गरी तय भइ अन्तिम समयमा स्थगित भएको कार्यक्रम मंसिर ७ गतेका लागि सरेको सूचना ताप्लेजुङ प्रशासनलाइ आएको छ । प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले प्रधामन्त्रीको आउने कार्यक्रम मंसिर ७ गते लागि तय भएको मौखिक जानकारी प्रशासनमा प्राप्त भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओली आउने कार्यक्रम तय भएपछि सुरक्षा प्रमुख सहितको टोली बिहीबार(आज) नै घुन्सातर्फको यात्रामा जान लागेको जानकारी दिनुभयो ।‘भर्खरै मात्र प्रधानमन्त्री ज्यूको कार्यक्रम बारे जानकारी आएकोले हामी घुन्सातर्फको यात्रामा निस्कन लागेका छौं’प्रजिअ चापागाँइले भन्नुभयो । घुन्सा फउण्डेसनद्धारा स्थापित सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन,हिमाली क्षेत्रका बासिन्दाको जनजीवन बुझ्न र सीमावर्ती क्षेत्रको निरीक्षणका लागि प्रधानमन्त्री ओली घुन्सा आउन लाग्नु भयो । घुन्सा पछि उहाँ इलामको सन्दकपुर सम्म पुग्ने कार्यक्रम रहेको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*