प्रधानमन्त्री ओली ८ गते ताप्लेजुङको घुन्सा आउदै

संवाददाता
५ मंसिर २०७७, शुक्रबार २१:४९

प्रधानमन्त्री केपी शर्मा ओलीको ताप्लेजुङको घुन्सा गाउँमा मंसिर ८ गते आउने कार्यक्रम भएको छ ।
मंसिर ८ गते सोमबार घुन्सा आउने कार्यक्रम तय भएको प्रधानमन्त्री कार्यालयमै रहेका घुन्सा फाउण्डेसनका अध्यक्ष तथा नेपाल ट्रष्टका सदस्य याङ्जोम शेर्पाले जानकारी जाकारीदिनुभएको छ । यसअघि मंसिर ५ र ७ गतेका लागि तय भएको कार्यक्रम अन्तिम समयमा स्थगित भएको थियो ।
घुन्सा फाउण्डेसनद्वारा स्थापित सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन, हिमाली क्षेत्रका बासिन्दाको जनजीवन बुझ्न र सीमावर्ती क्षेत्रको निरीक्षणका लागि प्रधानमन्त्री ओली घुन्सा आउने कार्यक्रम तय भएको हो। घुन्साको कार्यक्रम पछि प्रधानमन्त्री ओली इलामको सन्दकपुरमा स्थापित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी)को निरीक्षण गर्न जाने कार्यक्रममा ताप्लेजुङ आउँन लागेको जिल्ला ताप्लेजुङ प्रशासन प्रमुख झरेन्द्र प्रसाद चापागाईले जानकारी दिनुभयो । ८ गते कार्यक्रम हुने भएपछि ७ गतेकै कार्यक्रमका लागि घुन्सातर्फ प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी चापागाइँसहितको टोली फक्तालुङ गाउँपालिकाको तापोथोबाट उकालो लाग्ने भएको छ ।

पूर्व सांसद, प्रदेश सांसद, जिल्ला समन्वय प्रमुख र फुङ्लिङ नगरपालिकाका प्रमुखसहितको टोली भने यसअघि नै घुन्सातर्फ प्रस्थान गरिसकेको छ । ‘अब स्थगित हुँदैन, सबै तयारी गर्नु भनेर प्रधानमन्त्री ज्यूले आफैं भन्नु भएको छ’ घुन्सा फाउण्डेसनकी अध्यक्ष शेर्पाले बताउनुयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*