भुकम्पबाट क्षति पुगेको सम्पदाहरु दुई बर्ष भित्र पूनर्निर्माण सम्पन्न हुन्छ ः पर्यटन मन्त्री

संवाददाता
११ मंसिर २०७७, बिहीबार १९:५४

काठमाण्डौं, ११ मंसिर
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भुकम्पबाट क्षति पुगेको साँस्कृतिक तथा धार्मिक सम्पदाहरु दुई बर्ष भित्रमा पूनर्निर्माण सम्पन्न गर्ने बताउनुभएको छ ।
विहिबार नारायण चतुव्यूहं नारायण मन्दिर प्रवेशद्धार उद्धघाटन गदै मन्त्री भट्टराईले भुकम्पबाट क्षति भएको एक हजार सम्पदा मध्ये ५ सय भन्दा बढी निर्माण सम्पन्न भएको बताउदै आउदो २ बर्ष भित्रमा सवै पुनर्निर्माण गरी सक्ने बताउनुभएको हो मन्त्री भट्टराईले रानीपोखरी,दरवार हाईस्कुल,पाटन,पशुपतिक्षेत्र,लगायतका अधिकाश क्षेत्रको पुर्ननिर्माण सम्पन्न भएको बताउदै २२ तले धरहराको पूनर्निर्माणको काम पनि १८ तला सम्मको सम्पन्न भएको जानकारी दिनुभयो ।
मन्त्री भट्टराईले साँस्कृतिक तथा धार्मिक सम्पदाहरु मानव सभ्यताको प्रतिक भएको बताउदै संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । साँस्कृतिक तथा धार्मिक मन्दिर, गुम्बा चैत्यहरुको संरक्षण सरकारले गर्ने बताउदै विभिन्न काल खण्डको ईतिहास संरक्षण गदै युगयुग सम्म बचाउनु पर्ने दायित्व सरकार हो उहाँले भन्नुभयो ।
ईतिहासमा के कस्तो काम भएको थिए लिच्छबी कालमा कस्तो थियो मल्लकालमा कस्तो थियो सो सवै भाबी पुस्ता हेर्न तथा अध्ययनगर्न सक्ने गरी संरक्षण गर्न सरकारको दायित्व भएको बताउदै सो संरक्षणमा सरकार लागि परेको बताउनुभयो ।
उहाँले काठमाडौलाई धार्मिक तथा सांस्कृतिक सम्पदालाई जोडेर सर्किटको रुपमा विकास गर्ने बताउनुभयो । काठमाडौ उपत्यका मन्दिरै मन्दिर भएको ठाँउ तथा र विश्व सम्पदा सूचीमा सुर्चिकृत धेरै धार्मिक स्थल रहेकोले पर्यटक घुम्न लागि महत्वपूर्ण हुने हुनाले संर्किट रुपमा विकास गर्न लागिएको बताउनुभयो ।
पूर्व स्वास्थ्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले काठमाडौंको नागपोखरीमा आसपासमा रहेको ७ बटा एक सयबर्ष भन्दा पुराना घरको संरक्षण गर्न सरकारसँग मागगर्नुभएको छ उहाँले पशुपति देखि नारायणहिटी दरवार सम्मका विभिन्न पुरातात्विक साँस्कृतिक सम्पदाहरुको एउटै प्याकेज बनाएर संरक्षण गर्नमन्त्री भट्टराईसँग अनुरोध समेत गर्नुभयो ।
पूर्व रक्षामन्त्री तथा प्रतिनिधिसभा सदस्य भिमसेनदास प्रधानले नारायण मन्दिर लिच्छवी कालिन ऐतिहासिक मन्दिर भएको कारण यसको संरक्षण गर्न माग गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*