अस्विकार गरे प्रचण्डले भारतीय विदेश सचिव भेट्न

संवाददाता
१२ मंसिर २०७७, शुक्रबार १८:४१

काठमाडौं, १२ मंसिर ।
भारतीय विदेश सचिव हर्षबर्द्धन शृङ्गलालाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष ’प्रचण्ड’ले भेट्न अस्विकार गरेका छन् ।
भारतीय विदेश सचिव शृङ्गलाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्रीसमेत रहेका नेकपाका अर्का अध्यक्ष केपी शर्मा अ‍ोली, विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुसँग भेटघाट गरेका छन् ।
भारतीय पक्ष निरन्तर आफ्ना प्रतिनिधि नेपाल पठाएर उच्चस्तरीय भेटघाटमा जुटेपनि प्रचण्डले शृङ्गलासंग भेट्न अस्विकार गरेका हुन् ।

आगामी १४ गते चीनका रक्षा मन्त्री वेइ फेंग्हे नेपाल भ्रमणमा आउन लागेका छन् । मन्त्री वेइ फेंग्हे र अध्यक्ष प्रचण्डबीच भने भेटघाटको कार्यतालिका रहेको छ । सो भेटघाट हुने नहुने कुरा त्यही दिन थाह हुन्छ तर हालसम्म त्यो कार्यतालिका कायम रहेको छ ।
प्रचण्डले पार्टीको काममा व्यस्त रहेको भन्दै भेट्न अस्विकार गरेका हुन् । तर, पछिल्लो समय परराष्ट्र कुटनीतिमा नेपालका नेताहरुले नजरअन्दाज गरेको आरोप लागिरहेको बेला प्रचण्डले भेट्न अस्विकार गर्नुलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
यद्यपी भारतीय राजदूतावासले प्रचण्डसंन ग भेटघाट कार्यतालिका नै नबनेको दाबी गरेको छ । तर, प्रमुख प्रतिपक्षी दलदेखि जसपा नेतृत्व भेट्दा सत्तारुढ दलकै अध्यक्ष नभेट्नू आर्थपूर्ण रहेको राजनीतिक विश्लेषकहरुको तर्क रहेको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*