ताप्लेजुङमा अखिल नेपाल किसान महासंघले पुर्णता पायो

संवाददाता
१८ मंसिर २०७७, बिहीबार १८:४३

ताप्लेजुङ, १७ मंसिर
नेपाल कम्युनिष्ट पार्टी नेकपाको माथिल्लो तहमा केहि संकटहरु भए पनि यता ताप्लेजुङमा भने नेकपा निकट संगठन अखिल नेपाल किसान महासंले विहिवार पूर्णता दिएको छ ।
ताप्लेजुङको सदरमुकाम फुङलिङमा विहिवार अखिल नेपाल किसान महासंघले एक कार्यक्रम गर्दै संठनलाई पूर्णता दिएको हो । रामजी अधिकारी संयोजक र सह-संयोजक ठाकुर पौडेलको नेतृत्वमा २० सदस्य रहने गरि नेपाल किसान महासंघ गठन गरेको नेपाल कम्युनिष्ट पार्टी नेकापा ताप्लेजुङका प्रचार तथा प्रकाशन विभाग संयोजक सुरज ओझाले बताउनुु भयो ।
जिल्ला कार्य समितिले  पूर्णता पाए संगै तत्काल सबै स्थानीय तहहरुमा नेपाल किसान महासंघले पूर्णता पाउने नेपाल कम्युनिष्ट पार्टी नेकापा जिल्ला अध्यक्ष विजय प्रकास वनेमले बताउनुभयो ।
अब हामी चाँडै नै सबै पालिकाहरुको पनि एकता प्रक्रिया टुङग्याएर सपथ ग्रहणको कार्यक्रम तयार गर्दै जाने महासंघका ताप्लेजुङ इन्चार्ज छिरङि शेर्पाले बताउनु भयो ।
पूर्व एमाले र पूर्व माओवादी केन्द्रको एकता भएकोे लामो भए पनि विभिन्न  कारणले नेकपा निकट संगठनहरुले पूर्णता पाउँन बाकीँ नै छ ।
कार्यक्रममा प्रमुख अतिथी अखिल नेपाल किसान महासङघका केन्द्रिय सचिबालय सदस्य बाबुराम थापा बिशिष्ट अतिथिको रुपमा  नेकपा केन्द्रिय सदस्य तथा ताप्लेजुङ सह-इन्चार्ज तिलकुमार मेन्याङ्बो , जिल्ला अध्यक्ष बिजय प्रकाश वनेम, सचिव बल बहादुर साम्सोहाङ सहभागी हुनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*