मानव अधिकार पत्रकारिता पुरस्कार पत्रकार गौतमलाई

संवाददाता
२५ मंसिर २०७७, बिहीबार १४:४९

फुङ्लिङ,२५मंसिर
मानवअधिकार पत्रकारिता पुरस्कारबाट ताप्लेजुङका पत्रकार आनन्द गौतम विहिवार पुरस्कृत हुनुभएको छ ।
मानव अधिकार मञ्च नेपाल इलामले हरेक वर्ष विश्व मानव अधिकार दिवसको अवसरमा प्रदान गर्दै आएको सो पुरस्कार गौतमलाई प्रदान गरिएको हो ।
७२ औं विश्व मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा पत्रकार गौतमलाई नगद दश हजार रुपैयाँसहित सम्मानपत्रले सम्माननित भएको हो ।
पत्रकारिताका माध्यमबाट मानवअधिकारका क्षेत्रमा कलम चलाउने एकजना पत्रकारलाई प्रदेश स्तरीय मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार मानव अधिकार मञ्च नेपाल इलामले प्रदान गर्दै आएकोमा यस वर्ष पत्रकार गौतमलाई प्रदान गरेको हो ।
ताप्लुेजुङ जिल्लामाबाट मानवअधिकारका क्षेत्रमा समेत कमल चलाउँदै आएका गौतम कान्तिपुर मिडिया ग्ररुपमा आवद्ध हुनुहन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*