धारा ७६ (५) को सरकार गठन प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई प्रधानमन्त्रीको पत्र

संवाददाता
६ जेष्ठ २०७८, बिहीबार २०:०७

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको भन्दै संविधानको धारा ७६ ९५० को प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसमक्ष अनुरोध गरेका छन् ।
बिहीबार मन्त्रिपरिषदको बैठकपछि राष्ट्रपतिलाई पत्र लेख्दै उनले नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न अनुरोध गरेका हुन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीको पत्र राष्ट्रपतिसमक्ष आएको छ र राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको आग्रह अनुसार प्रक्रिया सुरु गर्दैछ । स्रोतः अनलाइन खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*