मृत भेटिए पुर्व मेयर पौडेल

संवाददाता
२६ आश्विन २०८०, शुक्रबार ०७:१३

बाराको जितपुर सिमरा उपमहानगरपालिका निवर्तमान नगर प्रमुख डाक्टर कृष्ण पौडले मृत अवस्थामा फेला परेका छन्। बिहिबार साँझ सिमरा २ स्थित घरमा पौडेल मृत अवस्थामा भेटिएका हुन्।

अहिले घटनास्थलमा ईलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोली रहेको र उनको घरमा शुभचिन्तकको भिड रहेको र प्रहरीले कसैलाई प्रवेश गर्न दिएको छैन्। घटनाको विस्तृत जानकारी आउन बाकि रहेको छ ।

पौडेलकी श्रीमती काठमाण्डौं गएपछि उनी घरमा एक्लै थिए । विहिबार साँझ काठमाण्डौबाट फर्किएकी पौडेल पत्नीले ढोका खोल्दा उनी मृत भेटिएपछि प्रहरी र आफन्तलाई खबर गरेकी थिइन् ।

घटनास्थललाई प्रहरीले शिल गरेको छ भने घटनाको अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*