पेट्रोलियम पदार्थको मुल्य घट्यो

संवाददाता
२८ आश्विन २०८०, आईतवार २०:३८

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*