कोइला किन्न नसक्दा हेटौँडा सिमेन्टको उत्पादन बन्द

संवाददाता
१४ कार्तिक २०८०, मंगलवार ०८:०२

१४ कार्तिक, हेटौँडा । आर्थिक समस्याका कारण पटक पटक बन्दै हुनेगरेको हेटौँडामा रहेको नेपाल सरकारको स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पुनः बन्द भएको छ । आर्थिक अभावका कारण कोइला खरिद गर्न नसकेपछि उद्योगको सोमबारदेखि बन्द भएको उद्योग प्रशासनले जनाएको छ ।
उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले आर्थिक अभावका कारण कोइला खरिद गर्न नसक्दा उधोगको उत्पादन बन्द गुर्नपरेको जानकारी दिए । उद्योगलाई नियमित सञ्चालनका लागी मासिक रुपमा करिब तीन हजार मेक्ट्रिक टन कोइला आवश्यक पर्ने उनको भनाई छ ।
‘आर्थिक समस्याले आवश्यक कोइला खरिद गर्न नसकेपछि आजदेखि सिमेन्ट उत्पादन बन्द भएको छ । कोइला सप्लायर्सहरुलाई पैशा तिर्न बाँकी छ । पैशा तिर्न बाँकि भएपछि सप्लायर्सहरुले तत्काल कोइला पठाएका छैनन् । त्यसैकारणले केहि दिन उद्योग बन्द हुने भएको छ,‘ उनले भने ।
महाप्रबन्धक पाण्डेले उत्पादन भएको सिमेन्ट समयमै वित्रि नहुँदा पनि समस्या भएको दावी गरे । उनले हिजोआज दैनिक दुईदेखि तीनसय बोरा सिमेन्ट मात्रै विक्रि हुने गरेको जानकारी दिए । कम्तिमा तीन देखि चारहजार बोरो विक्रि भए उद्योग सञ्चालनमा सहज हुने उनको भनाई छ ।
‘उद्योगमा तीन लाख बोरा सिमेन्ट मौज्दाद छ । तर, अहिले दैनिक जम्मा दुई तिनसय बोरा सिमेन्ट मात्रै विक्रि भइरहेको छ । उद्योग सहजरुपमा सञ्चालनका लागी कम्तिमा पनि दैनिक तीन चारहजार बोरा सिमेन्ट विक्रि हुुनुपर्छ,’ महाप्रवन्धक पाण्डेले भने ।
चाडपर्वले निर्माणका काममा कमि आएकाले सिमेन्ट विक्रि घटेको हुनसक्ने बताउँदै महाप्रवन्धक पाण्डेले छठ पछि सिमेन्ट विक्रि बढ्ने आशा व्यक्त गरे । उनले पैशाको व्यवस्था भएपछि केहि दिनमै उद्योग पुनः सञ्चालनमा आउँने पनि बताए ।
महाप्रबन्धक पाण्डेले कोइला अभावमा उद्योग बन्द भएको मौका पारेर मर्मतको काम पनि गर्ने बताए । उनले चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले समय समयमा मर्मत गरिराख्नुपर्ने अवस्था पनि रहेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*